२०७९ बैशाख १०, शनिबार ०७:१९

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापति समेत रहेका क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको नाम मेयरका लागि सिफारिसमा परेको छैन् ।

नेकां क्षीरेश्वरनाथ नगरपालिका कार्यसमितिको बैठकले सर्वसम्मतिबाट लालबाबु यादवको एकल नाम प्रस्ताव गरेको छ । यादव नेकांको क्षीरेश्वरनाथ नगर सभापति रहेका छन् । विहीबार बसेको कार्यसमिति बैठकले मेयरमा यादवको एकमात्र नाम सिफारिस गरेको छ । उपमेयरमा वर्तमान उपमेयर रचना माथेमा सहित दुईजनाको नाम सिफारिस गरिएको छ । नगर कार्यसमितिको बैठकले गरेको निर्णयसहितको पत्र शुक्रबार क्षेत्रीय पार्टी कार्यालय, जिल्ला र प्रदेश पार्टी कार्यालयमा दर्ता गराइएको छ । कांग्रेसमा तल्लो निकायले सिफारिस गरेको आधारमा प्रदेश समितिले नगरमा मेयर र उपमेयरको टिकट वितरण गर्ने प्रावधान रहेको छ । नगरपालिकाको सिफारिसलाई क्षेत्रीय समितिले रोक्ने अधिकार छैन् । जिल्ला सभापति मेयर पजियार स्वयम् रहेकाले त्यहांबाट सिफारिस संशोधन अथवा रोकिन सक्छ । जिल्लाबाट पजियारले आफ् नो समेत थप गरी प्रदेशमा सिफारिस गर्ने संभावना छ । मेयरमा पूनःचुनाव लड्न पजियारले पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा शुक्रबार नै स्वीकृत गरिएको छ । जिल्ला सभापति पजियारले आफै मेयर रहेको नगरपालिकाबाट टिकटकालागि नाम सिफारिस गराउन असफल भएका छन् । हुनत प्रदेश कमिटीले जिल्ला सभापतिहरुलाई चुनाव नलड्न भनेको छ ।चुनावको जिल्लामा ‘कमाण्ड’ सम्हाल्न सभापतिहरु निर्वाचनमा उम्मेदवार नहुन प्रदेश समितिले आग्रह गरिसकेको अवस्था छ ।

मेयरमा पूनःचुनाव लड्न सभापति पजियारले सम्पूर्ण तयारी गरेका छन् । तर टिकट नपाए उनी उम्मेदवार हुने नहुने भने टुंगो लागिसकेको छैन् । अन्योलको अवस्था भए पनि चुनावमा उम्मेदवारी नछाड्ने उनी निकटका नेताहरु बताउँछन् । जनकपुरधाम उपमहानगरपालिकामा मेयर गठबन्धनका जनता समाजवादी पार्टी( जसपा)ले पाए लगतै शुक्रबार पत्रकार सम्मेलन गरी नेकां उपमहानगर सभापति मनोज साहले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा मेयरमा लड्ने घोषणा गरेका छन् । उनले शुक्रवार बिहान देखि दिउँसो सम्म कुनै पार्टीबाट टिकट पाए चुनाव लडने तयारी गरेपनि कुनै पार्टीले टिकट नदिए पछि उनी स्वतन्त्र रुपमा चुनाव लडने घोषणा गरेका छन् । नगर सभापति साह र जिल्ला सभापति पजियार नेता विमलेन्द्र निधि निकटका हुन् । नेता निधिले नै साहलाई स्वतन्त्र उम्मेदवारमा उठाउन लागेको आरोप लागेको छ । विगतमा पनि निधि अनुकूल नेतालाई तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा टिकट नहुँदा बजरंग साहलाई स्वतन्त्र उम्मेदवार बनाएर चुनाव जिताएका थिए । साहले नेकांका आधिकारिक उम्मेदवार दामोदर प्रसाद उपाध्यायलाई पराजित गरेका थिए । निधिले फेरि त्यो इतिहास दोह¥याउने दुष्प्रयास गर्न लागेको संस्थापन पक्षका नेताहरुको आरोप छ । पजियारले पनि टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिन सक्ने अनुमान गर्न थालिएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News