जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भन्दै मधेश प्रदेशका दुई जना प्रदेश सांसदहरुले राजीनामा दिएका छन् ।
सो क्रममा शुक्रबार रौतहट जिल्लाका प्रदेश सांसद शेखअबुल कलाम आजाद तथा सिरहा जिल्लाका सांसद तथा प्रदेशमन्त्री समेत रहेका प्रमोद कुमार यादवले आफ्नो पदबाट राजीनामा दिएका हुन् । सांसदद्वयले शुक्रबार प्रदेश सभा सचिवालयमा आ–आफ्नो राजीनामा पत्र बुझाएका छन् । नगरपालिकाको मेयर पदमा चुनाव लड्न रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित आजादले राजीनामा दिएका छन् भने मेयरमै चुनाव लड्न यादवले सांसद पदबाट राजीनामा दिएका हुन् ।
सिरहा आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट गढीमाई नगरपालिकाको मेयरमा चुनाव लड्न आफूले प्रदेश सांसद पदबाट राजीनामा दिएको आजादले बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । यता नेकपा एकीकृत समाजवादी पार्टीले सिरहाको सिरहा नगरपालिकाका लागि कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोदकुमार यादवको नाम सिफारिस गरेपछि उनले राजीनामा दिएका छन् । पार्टीले आफ्नो नाम सिफारिस गरेकाले मान्नै पर्ने भन्दै मन्त्री साहले मेयर भएर थप काम गर्न पाउने बताए । नेकपा एसका प्रदेश सांसद यादव गत मंसिर ५ गते मन्त्री पदमा नियुक्त भएका थिए । राजीनामा दिएपछि उनीहरुको चुनावमा लड्ने बाटो खुला भएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=1s


