२०७९ बैशाख १०, शनिबार ०७:२५

मलंगवा । सर्लाही जिल्लाको बलरा नगरपालिका– ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटपिट गरेका छन् ।

कुटपिटमा पण्डितको टाउकोमा गहिरो चोट लागेको छ । उनको टाउकोमा आधा दर्जन जति टाका लागेको जनाइएको छ। वडाध्यक्षबाट राजीनामा दिइ वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भरपाईमा सही गर्न नमानेका कारण कुटपिट गरेको पण्डितले बताए । वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरि दिएको बताउँदै मण्डलले भने ,‘मण्डलले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’ उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि स्पष्ट पारे ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=2s

Comment


Related News

Latest News

Trending News