जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साह र उप–मेयर रीता झा सहित वडाध्यक्ष र सदस्यले राजिनामा दिएका छन् ।
शुक्रबार जउनपाको कार्यालयमा वडासदस्य देखि उप–मेयरले मेयर साहलाई र मेयर साहले उप–मेयर झालाई राजीनामा पत्र बुझाएका थिए । आगामी निर्वाचनमा भाग लिनकालागि निर्वाचन आयोगले पहिलानै राजिनामा दिनुपर्ने परिपत्र अनुसार उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि नगरपालिका कर्मचारी एसोसिएशनले आयोजना गरेको विदाई समारोहमा मेयर साहले कर्मचारीहरुले ४ बर्ष ६ महिनाको कार्यकालमा गरेको सहयोग अविष्मरणीय रहेको बताएका थिए । उनले सरसफाई कर्मचारी देखि माथि सम्मका कर्मचारीहरुको जनकपुरधाम बनाउने परिकल्पना साकार गर्नकालागि दिएको योगदानको कदर हुनुपर्ने धारणा व्यक्त गरेका थिए । जनकपुरधाम बनाउने गरेको संकल्प आपूmले पुरा गरेको र केही काम गर्न बाँकी रहेको भन्दै फेरि जनता समक्ष पुग्ने र जनताले दिने म्याण्डेट आफू पूरा गर्ने विश्वास व्यक्त गरेका थिए । जनकपुरधामको सरसफाई देखि लिएर यहाँको भौतिक संरचना समेतमा आमूल परिवर्तन भएको भन्दै मेयर साहले बाँकी अधुरा कामहरुलाई अन्तिम रुप लिनेमा विश्वास व्यक्त गरे ।
सरसफाई कर्मचारीलाई धन्यवाद दिँदै मेयर साहले भने–‘४ बर्ष ६ महिनाको कार्यकालमा २ बर्ष कोरोना महामारी रहेका कारण सरकारले ५ बर्षको कार्यकाल भने पनि आफूले मात्रै २ बर्ष ६ महिना काम गरे ।’ दुई बर्ष ६ महिनामा जनकपुरधामको विकास निर्माण देखि लिएर भौतिक संरचना, शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन गरेको दाबी गरेका थिए । कार्यक्रममा उप–मेयर रीता झाले आफ्नो कार्यकालमा आफू कुनै गल्ती नगरेको भन्दै कुनै गल्ती भएको भए आपूmलाई क्षमा गर्न कर्मचारीहरु संग आग्रह गरेकी थिइन् । उनले कर्मचारीहरुको सहयोग र सद्भाव सदैव रहनेमा विश्वास व्यक्त गरेकी थिइन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=1s



