२०७९ बैशाख १०, शनिबार १४:२९

असहाय संरक्षण मंच नेपालका अध्यक्ष बैधनाथ साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । साहले शनिवार पत्रकार सम्मेलनमार्फत आफु स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी दिने घोषणा गरेका छन ।

साहले आफु १५ वर्षदेखि निश्वार्थ भावले नगरमा सरसफाईको काम गर्दै आएको भन्दै उनले काठमाडौँ पछि जनकपुरधामलाई दोस्रो पर्यटकीय स्थल बनाउन सकिने बताए । उनले आफु जिते यहाँ रहेको विभिन्न पोखरी, मठमन्दिरलाई सौन्दर्यकरण गर्ने र जनकपुरधामलाई पर्यटकीय धामको रुपमा चिनाउने धारणा व्यक्त गरे । जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा चिनाउन सके यूवाहरुले यही रोजगारी पाउने र विदेश जाने बाध्यता हट्ने समेत साहले उल्लेख गरे ।

जनकपुरधाममा केबल तथा स्थानीय टिभी सञ्चालन गर्दै आएका साहले आफु सेवक बन्नका लागि उम्मेदवारी दिन लागेको र नजितेपनि आफु सेवक नै भएर निरन्तर काम गरिरहने उनले बताए । उनले आफू जनकपुरधामको मेयर बन्न सफल भए समाज सेवा गर्न अझ बढी सहज हुने बताउनुभयो ।

 

Comment


Related News

Latest News

Trending News