२०७९ बैशाख १०, शनिबार १६:०२
सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।


