२०७९ बैशाख १०, शनिबार १६:४५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

लोसपा धनुषा कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रमेश्वर साह, मनोज चौधरी, अमर पजियार, संजय कुमार चौधरीको नाम सिफारिस गरेकोमा मनोज चौधरीले टिकट पाएका हुन् । यस्तै लोसपाले जनकपुरको उपमेयरमा रिता झालाई टिकट दिएको छ । मनोज चौधरीले २०७० को संविधानसभा चुनावमा शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रतिस्पर्धा गरेका थिए भने रिता झाले यसअघि पनि जनकपुरधाम उमहानगरपालिकाको उपमेयरमा जितेकी थिइन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=1s

Comment


Related News

Latest News

Trending News