अपडेट 
२०७९ बैशाख ११, आईतवार ०७:००

स्थानीय तहको निर्वाचनका लागि आइतवार उम्मेदवारी दर्ता हुने भएकोछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतवार र सोमवार दुई दिन समय निर्धारण गरेको छ । देशका ७ सय ५३ वटै स्थानीय तहहरूमा दलहरुका लागि छुट्टयाइएको समयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।मतदान एकै दिन वैशाख ३० गते हुने भए पनि उम्मेदवारी दर्ताका लागि दुई दिन समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले शनिवार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जनाएको हो । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम निर्धारण गरिएकोछ ।वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा आयोगले जनाएको छ ।

तोकिएको समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिन्ह मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख आयुक्त दिनेश थपलियाले मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा त्यस्तो गर्न नसकिने स्पष्ट गर्दै कानुनमा व्यवस्था नभएकाले गठबन्धनलाई आयोगले नचिन्ने बताए । स्थानीय तह निर्वाचनका लागि कुल ६ हजार ७ सय ४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मतदान केन्द्रमा पु¥याइ सक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिन्ह हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने थपलियाले जनाए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News