मलंगवा । पूर्व न्यायाधीश गोपालप्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दू धर्म संकटमा पर्दै गएको बताएका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवामा शनिबार आयोजित प्रवुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनले सो कुरा बताए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको आयोजनामा भएको सो कार्यक्रममा पूर्व न्यायाधीश पराजुलीले भने,‘धर्मनिपेक्षताको व्यवस्थाकै कारण हिन्दुधर्म संकटमा परेको छ।’ कार्यक्रममा अतिथिहरुलाई आयोजकको तर्फबाट जागरण अभियानका लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको परिचय समेत प्रदान गरिएको थियो । पूर्व मन्त्री रामचन्द्र राय यादवको सक्रियतामा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरीका पूर्व आइजीपी कल्याण ित िम िल् स न ा , म ल ं ग व ा नगरपालिकाका पूर्व मेयर राम स्वरुप राय यादव लगायत विभिन्न संघसंस्था, निकायका प्रतिनिधि ,साधुसंत,महात्मा र पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


