रौतहटको देवाही गोनाही नगरपालिका ५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।
स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
स्थानीयले उक्त शवलाई देखेर प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव कुहिएको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि तृबी शिक्षण अस्पताल काठमाडौं पठाइएको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।
पुरुषको हत्या गरेर शवलाई फालेर गएको हुनसक्ने अनुमान रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ ।