अपडेट 
२०७९ बैशाख १२, सोमबार ०७:२६

आफू र आफ्ना भाइ–भरदारहरुका लागि नेपालमा दरबारहरु, महलहरु निर्माण गर्ने परम्परा नेपालको प्रथम राणा प्रधानमन्त्री जंग वहादुर राणा कै पाला देखि प्रारम्भ भएको मानिन्छ । जंग वहादुरले आफ्ना छोरा जगत जंगको लागि थापाथली दरवार बनाउन लगाएको कुराको जानकारी हुन्छ । त्यसपछि दरवारहरु र महलहरु बनाउने होड़मा भए युद्ध शम्शेर राणा । यिनले जम्मा बारह वटा यस्ता दरवारहरु निर्माण गर्न लगाएका थिए । युद्ध शम्शेरले छोरा मीन शम्शेरको लागि मीन भवन, किरण शम्शेरको लागि किरण भवनको साथै आफ् ना छोराहरुको लागि छुट्टा छुट्टै भवनहरुको निर्माण गर्न लगाएको जानकारी प्राप्त हुन्छ ।

यसमा सुरेन्द्र भवन, नीर भवन, शान्त भवन, विक्रम भवन, मान भवन, रवि भवन, शशि भवन, नारायण भवन आदि अनेकौं भवन तथा महल निर्माण गर्न लगाएका थिए । नारायणहिटी दरवार प्रधानमन्त्री फत्तेजंग शाहको निवास थियो तर कोतपर्वमा उनको हत्या भएपछि जंग बहादुरका भाइ रणोदीप सिंह यस दरवारमा रहन थाले । तर उनको पनि हत्या भयो पछि वीर शम्शेरले यस नारायणहिटी दरवारलाई भत्काई अर्को निर्माण गरी राजपरिवारलाई हनुमान ढ़ोकाबाट यहाँ सारेका थिए । चन्द्र शम्शेर प्रधानमन्त्री भएको बखत शीतल निवास, सिंहदरवार, बबरमहल, श्री महल, श्री दरवार र हरिहर भवन आदि बनेका हुन । श्री ३ वीर शम्शेरको पालामा भाट भटेनी दरवार, बहादुर भवन, सेतो दरवार, लाल दरवार, जाउलाखेल दरवार आदि भवनहरुको निर्माण भएको थियो । श्री ३ भीम शम्शेरले विशालनगर दरवार, टंगाल दरवार, सत्यभवन आदि निर्माण गराएका थिए । यी दरवारहरुमा राणा शासन पश्चात विभिन्न सरकारी कार्यालय, विभाग, मन्त्रालय तथा बैंक र अन्य संस्थाहरु संचालन भै रहेको पाइन्छ तर २०७२ सालको भूकम्पले यस्ता केही दरवारहरु जस्तो सिंह महल, ललिता निवास आदि भवनहरु पूर्ण रुपमा ध्वस्त भै सकेको पाइन्छ । वेलायतबाट फर्केपछि चन्द्रशम्शेरले बनाएको बबरमहल वेलायतको बकीघंम पैलेस जस्तो छ । राणाकालीन दरवारहरु अधिकांश यूरोपियन शैलीका छन ।

सिंहदरवारको निर्माण भएको जग्गा रोपनीको रु.१००।– मा किनिएको थियो र प्रधानमन्त्री बसन लायक मात्र भवन निर्माण गर्ने निर्णय भएको थियो । तर बनाउँदा बनाउँदै अत्यन्त ठूलो दरवार बन्यो । ईटाको भठ्ठी कम्पाउण्ड भित्रै सेनाका जवानहरुद्वारा बनाइ तैयार गरिएको थियो । सिकर्मी, डकर्मी, कुली आदिको काम सेना, पुलिसहरुद्वारा नै गरिएको थियो । ज्याला दिनको २ पैसा देखि ६ पैसासम्म दिनुपथ्र्यो । छड़ डण्डी, किला, काँटा आदि भारतबाट मंगाएको थियो । जसमा त्यस बखत भन्सार तिर्न परेन । यत्रो ठूलो दरवारको निर्माणमा चन्द्र शम्शेरद्वारा पचास लाख भन्दा बढी खर्च गर्न परेन । पछि चन्द्रशम्शेरले यो सिंहदरवार सरकारलाई विक्री गरेको बुझिन्छ । यो महल सन १९०३ मार्चमा बनेर तैयार भएको थियो । यस दिन अनेक शुभ कार्यहरु गरेर चन्द्रशम्शेर आफ् नो पुरानो थापाथली दरवार सिंह महलबाट सर्नुभयो र आजीवन यसै दरवारमा बस्नु भयो । कलकताबाट प्रकाशित अंग्रेजी समाचार पत्र “द स्टेट्स मैन मा सोनम बी. बंग्यालले लेख्नु भएको थियो सिंहदरवार नेपालको मनुष्यद्वारा निर्मित सर्व सुन्दर निर्माण हो र यो दरवारहरुको दरवार पनि हो । फोर्सीवल लन्दन सन १९२८ मा लेखेको थियो यस्तो सौन्दर्यपूर्ण भवन भारतमा कही पनि छैन, यसको आकार, प्रकार, स्वरुप अत्यन्त सुन्दर छ । यस दरवारमा एकहजार सातसय विशाल कोठाहरुको साथै अस्सी वटा साना कोठाहरु मिलाएर एकहजार सातसय अस्सी कोठाहरु छन । सोनाम लेख्नु भएको छ कि त्यस बखत श्रमिक पाउन गाह्रो थियो । यसको हाताभित्र प्रवेश गर्दा सर्वप्रथम ठूलो झरना देखिन्छ ।

सोनम बी बीग्याल लेख्नु भएको छ कि यस्तो भव्य दरवारमा मानिसहरुलाई खटकिने सब भन्दा असुविधाको कुरा यो थियो यस भव्य दरवारमा शौचालय नै थिएन । विशिष्ट पाहुनाहरुको आफ्नो “पैन” र “पौट्स” को व्यवस्था गर्नु पथ्र्यो र त्यसलाई सफा गर्न अनेको सफाई कर्मचारी राखिएका थिए । तर शासकले यसलाई कहिले पनि असुविधा महसुस गरेन । र जव विदेशी पाहुनाहरु आउथे र उनीहरुलाई शौचालयको आवश्यकता पर्दथ्यो त्यस बखत उनीहरु आफ्नो आफ्नो दूतावाससँग सम्पर्क गर्दथे । सन १९५१ मा सिंहदरवारमा केही शौचालयको निर्माणत गरियो तर त्यो पर्याप्त थिएन भनी उहाँले उल्लेख गर्नु भएको छ । सन् १९६१ ई. मा मात्र सिंहदरवारमा सुविधा सम्पन्न शौचालयको व्यवस्था गरियो । यति ठूलो दरवारको निर्माण गर्नुको उद्देश्य चन्द्रशम्शेरले आफ्ना ठूलो परिवारमा विभाजित गर्न निर्माण गर्न लगाएको देखिन्छ । यस सिंहदरवारमा शौचालय नभएको कुरा कहीं कतै कुनै नेपाली लेखक इतिहासकारद्वारा उल्लेख भएको पाइदैन । प्रमोद शम्शेर राणाद्वारा लिखित पुस्तक “राना नेपाल– ऐन इनसाइडर्सभ्यु” मा यस सिंहदरवारको निर्माणमा पचिस लाख रुपैया खर्च भएको र निश्चित अवधिभित्र नै निर्माण सम्पन्न भएको उल्लेख छ । यस पुस्तकमा यो पनि उल्लेख छ कि यस दरवारको डिजाइन योगेन्द्र भन्ने एक भारतीय इन्जिनियरद्वारा गरिएको थियो । यसमा काम गर्ने श्रमिकहरु चौविसै घण्टा काम गरी यसलाई पूर्ण गरेका थिए । यस सिंहदरवारको निर्माण गर्ने प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा यो कुराको चर्चा थियो कि पर्खालको पनि कान हुन्छ । उनी कै पालामा १९२७ ई. मा अमलेखगंज जोड्ने नैरोगेज रेल्वेको निर्माण भएको थियो ।

र १९१८ मा उनले काठमाण्डू डिग्री कालेजको स्थापना गरेका थिए । तर यसको उद्घाटन पश्चात फर्केपछि उनले भनेका थिए कि यस कौलेजले राणाशासकको चिहान खन्ने छ । चन्द्र शम्शेरको निधन नबंम्वर १९२९ मा भएको थियो । उनको नौ छोराहरु र एक श्रीमती थिए । उनी देवशम्शेर पछि जून २७, १९०१ मा प्रधानमन्त्री बनेका थिए । पछि सिंहदरवारलाई नेपाल सरकारलाई विक्री गरेको र यो निर्देशन दिइयो कि यो दरवार अब देखि नेपालका प्रधानमन्त्रीहरुको सरकारी निवास रहनेछ र उनी यस दरवारलाई अन्तिम कालसम्म मृत्यु पर्यन्त आफ्नो निवास बनाउनु भयो । यस्ता भव्य दरवारहरुको दरवारमा सन् १९७४ ई. मा आगो लाग्यो र यसमा रहेका अनेको सरकारी कागजातहरु तथा श्रेस्ताहरु एवं अन्य कागजातहरु जलेर नष्ट भए । यस दरवार जस्तो भव्यता भारत तथा नेपालको कुनै दरवार देखिदैन । यस दरवारमा आगो सल्केपछि जलेको कागजातहरुमा बढी क्षर्ति भएको आर्थिक कारोवारको अभिलेखहरुको यस दरवारमा त्यस बखत मात्र सरकारी विभाग, मन्त्रालय तथा कार्यालय भएकोले आर्थिक कारोवार हुने श्रेस्ताहरु, अभिलेखहरु आदिहरु जलेकाले नेपालको आर्थिक क्षेत्रमा विशेष गरी भारी समस्या परेको थियो । चेकबुक, रेकर्डबुक, हिसाव किताव राख्ने तथा बैंकबाट प्राप्त स्टेटमेन्टहरु जलेपछि कस्तो समस्या प¥यो होला त्यो सहजै अनुमान गर्न सकिन्छ । यो पंक्तिकार त्यस बखत राष्ट्र बैंकको सेवामा त्यस बखत काठमाडौंमा नै रहेकोले प्रत्यक्षदर्शी र स्वयंले अनुभव गरेको थियो ।

रेकर्डहरु जलेकोले नेपाल राष्ट्र बैंकमा पनि त्यस सम्बन्धी अनेक समस्या उत्पन्न भएको यस पंक्तिकारलाई अनुभव भएको थियो । त्यस बखत सरकारी मन्त्रालय, विभाग तथा कार्यालयहरुलाई आधिकारीक बैंक डकुमेन्ट उपलव्ध गराउन कस्तो समस्या भयो होला त्यो अनुभव भएकोलाई मात्र थाहा हुने कुरा हो ।

Comment


Related News

Latest News

Trending News