अपडेट 
२०७९ बैशाख १२, सोमबार ०७:३०

लहान । जारी रहेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) का ८० जना परीक्षार्थीहरुलाई निष्कासित गरिएको छ ।

एसइइको दोस्रो दिन भएको गणित विषयको परीक्षामा लहान नगरपालिकामै अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताए । परीक्षामा मर्यादा विपरीत कार्यगरेको भन्दै बस्तीपुर मा.वि. लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहानबाट २० , हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मा.वि. परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निष्कासनमा परेको प्रजिअ कवाडीले जानकारी दिए । सञ्चारकर्मी सहित जिल्ला अधिकारी कवाडी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निष्कासन गरेको बताए । जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोवाईल ह्वाट्स एप, फोटोकपी प्रयोग गरेकाले उनीहरुलाई सो दिनको परीक्षाबाट निष्कासन गरेको जनाए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निष्कासन गरिएको हो । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालयका केन्द्राअध्यक्षहरुलाई समेत परिवर्तन गरिने कवाडीले जानकारी दिए ।

एसइइ परीक्षा ग्रेडिङ्ग प्रणालीमा गए पनि निजी विद्यालयहरु ग्रेड वृद्धिकै लागि परीक्षा केन्द्रसम्म प्रभावित बनाउन पुग्ने गरेको छ । वस्तीपुर मा.वि. परीक्षा केन्द्रमा देव आईडल आवासीय विद्यालय लहान, लिटिलस्टार आवासीय विद्यालय, न्यू मनकामना आवासीय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा.वि.का विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् । प्यारागन आवासीय विद्यालय, मनोकामना आवासीय विद्यालय, सारदा मा.वि., एभरेष्ट मा.वि., ग्लोवल एकेडेमी लहान र मा.वि. गोविन्दपुरको परीक्षा केन्द्र माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीमा रहेको छ । पडरीया थारुटोल मा.वि. मा पशुपति मा.वि. लहान र सलहेश फूलबारी आवासीय विद्यालयको परीक्षा केन्द्र रहेको छ । त्यसैगरी, गोलबजार नपा ३ जमदह स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेको पाइएको छ । यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको समेत बताइएको छ । यस सम्वन्धमा छानबिन गरिने सम्वन्धित निकायले जनाएको छ । यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मा.वि., नमुना प्राविधिक मा.वि. गोलबजार, जेम्स अंग्रेजी वोर्डिङ स्कूल., शुभ श्री आवासीय मा.वि र आईजेभीएम आवासीय मा.वि.को परीक्षा केन्द्र रहेको छ ।

यता शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निष्कासन भएको र केन्द्राध्यक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाए । उनले भने, ‘अधिकारी ज्यूले जानकारी र निर्देशन दिनुभएको छ, हामी भेटेर छलफल गरी आवश्यक निर्णय लिन्छौं । यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News