अपडेट 
२०७९ बैशाख १२, सोमबार ०७:३९

जनकपुरधाम । धनुषाको दुई वटा पालिका बाहेक सबै पालिकामा आइतबार उम्मेदवारी परेको छ ।

आइतबार र सोमबार दुई दिन मनोयनपत्र दर्ता समय तोकिएकोले अधिकांश दलले आइतबार उम्मेदवारी दर्ता गराउन सकेका छैनन् । आइतबार वटेश्वर गाउंपालिका र मुखियापट्टी मुसिनियाँमा एक जनाले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । पहिलो दिन जनमत पार्टी, बहुजन समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी र राप्रपाले मात्रै कुनै पालिकामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोयनपत्र दर्ताको पहिलो दिन धनुषा सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबाट कुनै पनि पालिकामा उम्मेदवारी दर्ता नगराईएको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए । जनकपुरधाममा जनमत पार्टीबाट सरिता देवी साहले मेयरमा उम्मेदवारी दिईएकी छिन् । बाँकी ९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी लक्ष्मिनियामा गाउंपालिकामा पनि जनता र राप्रपाका उम्मेदवार सहित १० जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी धनुषाधाम नगरपालिकामा मेयर र उपमेयर सहित २८ जना, गाणेशमान सिंह चारनाथमा जनमत र वहुजन समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । नगराईन नगरपालिकामा एक जना स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । भने शहीद नगरपालिकामा जनमत पार्टीबाट मेयर उपमेयर सहित ३१ जनाले उम्मेदवारी दिएका छन् । औहरी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष सहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News