जनकपुरधाम । नेकपा एमालेका नेता उमेश चौधरीले स्वतन्त्रबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार नेकपा एमालेबाट बागी भएर चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन । उनको क्रम संख्या एक रहेको छ । चौधरी नेकपा एमालेबाट टिकट नपाएर बागी उम्मेदवार बन्न बाध्य भएको बताउँछन् । चौधरीले पार्टीमा पुँजीपति हावी भएपछि आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As