कांग्रेसले जनकपुरधाम उपमहानगरको उपप्रमुखका लागि किशोरी साहलाई उम्मेदवार बनाउने भएको हो ।
सत्ता गठबन्धनको सहमतिअनुसार जनकपुरधाममा जसपाले मेयर पाएको छ भने कांग्रेसले उपमेयर पाएको छ । जनता समाजवादी पार्टीले मेयरमा लालकिशोर साहलाई टिकट दिएको छ ।
नेतृ रुना झा नेकपा एमालेमा प्रवेश
त्यस्तै, नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा टिकट नदिएपछि नेतृ रुना झा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
नेपाली कांग्रेसको प्रदेश समिती सदस्यबाट समेत राजीनामा दिदै झा एमालेमा प्रवेश गरेकी हुन् । झालाई एमाले नेतृ जुलीकुमारी महतोले पार्टी प्रवेश गराएकी हुन् । उनले एमालेबाट जनकपुरधामको उपमेयरमा उम्मेदवारी दिने भएकी छन् ।

please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As



