अपडेट 
२०७९ बैशाख १२, सोमबार २०:४०

वीरगन्ज महानगरपालिकाको मेयरमा सोमवार अपरान्हसम्म निवर्तमान मेयर सहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

वीरगञ्ज महानगरको चुनावी प्रतिस्पर्धा त्रिकोणत्मक हुने भएको छ ।सत्ताधारी गठबन्धनको तर्फबाट मेयरमा जनता समाजवादी पार्टिका राजेशमान सिंह श्रेष्ठ,उपमेयरमा नेपाली कांग्रसका ईमतीयाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।प्रतिपक्षि गठबन्धनको तर्फमा वीरगञ्जको मेयरमा एमालका बिजय कुमार सरावगी र लोकतान्त्रिक समाजवादी पार्टिका पुरुषोत्म झाले उम्मेदवारी दिएका छन् ।यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट मेयरमा गीरिष गीरी र उपमेयरमा बिणा जयसवालले उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका सिंहले तेश्रो स्थानको मत ल्याएका थिए । उनि डेढ महिना पहिले मात्रै लोसपा त्यागेर एमाले हुदै जसपामा प्रवेश गरेका हुन् । सोमबार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत पार्टिका नेता कार्यकर्ता सहित ठुलो जुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहको समुहले मनोनयन दर्ता गराएका थिए ।

Comment


Related News

Latest News

Trending News