अपडेट 
२०७९ बैशाख १३, मंगलवार ०७:२८

जनकपुरधाम ।स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन दल बदले लगतै टिकट दिइएको छ ।

दल बदलेसँगै टिकट पाउनेमा नेकपा माओवादीबाट महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिका मेयरमा कुन्दन झा छन् । त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेस त्यागेको केहि मिनेटमै रुना झालाई एमालेको टिकटमा उपमेयरमा उठाइएको छ । राजविराजका निवर्तमान मेयर शम्भु यादवले सोमवार जसपा छाडेर माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।उनी गत चुनावमा १५ मतको अन्तरले जितेका थिए ।जसपाले भीमराज यादवलाई टिकट दिएको छ ।शम्भु यादव निवर्तमान मेयर हुन् । सप्तरी जिल्लाकै हनुमाननगर कंकालिनीमा वीरेन्द्र माझीले पनि जसपा छाडेर जनमत पार्टीबाट मेयरमा उम्मेदवारी दिएका छन् । छिन्नमस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका छन् ।उनी जसपामा थिए । यसैगरी सर्लाहीको मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साहले जसपाबाट उम्मेदवारी दिएका छन् ।उनी कांग्रेसबाट मेयरमा जितेका थिए । धनुषा जिल्लाको कमला नगरपालिकामा कांग्रेसका नेता वीरेन्द्र प्रसाद यादवले विहान पार्टी परित्याग गर्दै लोसपाबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

दल बदल गरे लगतै टिकट पाएर चुनाव लडनेको संख्या पनि कम्ती छैन् ।महोत्तरीमा १३ वटा पालिकामा निवर्तमान मेयर/अध्यक्षले उम्मेदवारी दिएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As&t=2s

Comment


Related News

Latest News

Trending News