२०७९ बैशाख १४, बुधबार ०७:२८

गरुडा । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका रौतहटका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।

गाउं–गाउंका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घर दैलो अभियान सुरु गरेका हुन् । आइतबार र सोमबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु मंगलवारदेखि मत माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । राजनीतिक दलका उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलामा जान सुरु गरेका छन् । विभिन्न दलका उम्मेदवार अहिले आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्न थालेका छन् भने कोही अझ पुग्ने तयारीमा लागेका छन् भने स्वतन्त्र उम्मेदवारहरु आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय सकिएपछि रौतहटमा विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् ।

घरदैलोको क्रममा परोहा नगरपालिकाको मेयरका लागि दोश्रो पटक उम्मेदवारी दिएका शेख वकिलले आफनो साढे चार वर्षको कार्यकालमा गर्न बाँकी रहेका विकास निर्माणका कामहरु पूरा गर्न यसपटक फेरि मेयरमा उम्मेदवारी दिएको बताए । आफूले पदमा रहँदा स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको वकिलले दाबी गरे । आफूले जनताको इच्छा आकांक्षा र चाहना अनुसारको काम गरेकोले आउँदो निर्वाचनमा फेरि परोहाको मेयरमा जनताहरु आफूलाई नै जिताउने ठोकुवासमेत गरे । विगत साढे चार वर्षमा विकासको नाममा नगरमा भएको आर्थिक अनियमिमततालाई रोकी समृद्ध र विकसित नगर बनाउन आफू मेयरमा उम्मेदवारी दिएको गरुडा नगरपालिकाका नेकपा एमालेका उम्मेदवार कन्थमनी प्रसाद जयसवालले बताए । जयसवालले भने ‘उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो अभियानमा जान्छौँ’, यसपालिकाको चुनावमा प्रचार–प्रसार गर्ने समय कम छ, त्यसैले ढिलाई नगरी जनताको घरघरमा पुग्ने छौँ ।

घरदैलोको क्रममा जनतासँग पार्टीको योजनाबारे छलफल गर्नेछौँ, उनले भने । उम्मेदवारहरु मतदातासँग मत माग्न गाउं– गाउंमा पुग्न थालेपछि गाउंवस्तीमा अहिले चुनावी माहोलसमेत तातिंदै गएको छ ।

Comment


Related News

Latest News

Trending News