अपडेट 
२०७९ बैशाख १४, बुधबार ०७:५३

जनकपुरधामको गौरवशाली इतिहासलाई वर्तमानमा परिणत गर्न कसरी सकिएला ? जनकपुरधामवासीका लागि यतिबेला मुख्य चिन्ताको विषय यही हो ।ऐतिहासिक तथा पौराणिक कालको कुरा गर्ने हो भने जनकपुरधाम हरेक क्षेत्रमा दक्षिण एसियाकै अग्रणीय सहर थियो। आजभन्दा २० वर्ष अघिकै कुरा गर्दा पनि नेपालका पाँच वटा ठूला तथा सुविधा सम्पन्न सहरहरुको सूचिमा जनकपुरधामको नाम थियो।काठमाडौँ र विराटनगरपछि तेस्रो नम्बरमा जनकपुरधाम थियो।तर आज जनकपुरधाम १८औं नम्बरको सहरमा पुगेको छ।२०१७ सालमा जनकपुर नगरपालिकाको घोषणा हुँदा भरतपुरको नामोनिशान थिएन, इटहरी भन्ने ठाउँमा वस्ती नै थिएन।पोखरा समेत सानो गाउँ थियो। वीरगञ्ज भर्खर सहरीकरण हुँदै थियो।तर अहिले अरु सहर काहाँ पुगे ? जनकपुरधामको के दुर्दशा भयो? भन्ने प्रश्नको बास्तविक उत्तर खोजेर समस्या सामाधानतिर लागिएन भने जनकपुरधामवासीका लागि चिगतको गौरवमा गर्व गर्नुबाहेक कुनै बिकल्प छैन्।तर अल् पकालीन, मध्यमकालीन र दिर्घकालीन गुरुयोजना बनाएर काम गर्न सकेमा सुन्दर, स्वच्छ र समृध्द महानगर जनकपुरधाम बनाउन नसकिने मात्रै होईन। धेरै समय लाग्दै लाग्दैन ।

संक्षिप्त परिचयः–

जनकपुरधाम मधेस प्रदेशको प्रादेशिक राजधानी, धनुषा जिल्लाको जिल्ला सदरमुकाम र नेपालको एक उपमहानगरपालिका हो। धनुषा जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामाकरण प्राचीन मिथिला क्षेत्रका राजर्षि राजा तथा नेपालको राष्ट्रिय विभूति जनकको नामबाट भएको हो। यो सहर प्रारम्भिक १८ औं शतताब्दीमा स्थापित भएको थियो। परम्परा अनुसार, कथाकारले यस क्षेत्रमा पहिले जनकपुरधाम भनेर चिनिने सहर रहेको संकेत गर्दछ, जुन पुरातन समयमा मिथिला क्षेत्रमा शासन गर्ने विदेह वंशको राजधानी थियो। जनकपुरधाम राजर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित रहेको छ । जनकपुरधाम नेपालको संघिय राजधनी काठमाडौंबाट करिब २२५ किलोमिटर ९१४० माईल० दक्षिणपूर्वमा अवस्थित छ।नेपाल राज्य नगरपालिका ऐन २००९ बमोजिम तत्कालिन श्री ५ को सरकारद्वरा वि। सं। २०१७ जेठ १३ गतेदेखि लागु हुने गरी जनकपुर नगरपालिकाको गठन गरिएको थियो।वि। सं। २०७१ सालबाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप(महानगरपालिकामा परिणत भएको हो। समुद्री सतहबाट ९० मिटर उचाईमा यो सहर अवस्थित रहेको छ।यस उपमहानगरपालिकाको क्षेत्रफल ९१।९७ वर्ग कि।मि। रहनुका साथै भू(सतह प्रायस् सबै समतल रहेको छ। भौतिक पर्वाधारका आधारमा जनकपुरधामलाई सहर, सहरोन्मुख र गाँउ गरी तीन प्रकृतिको क्षेत्रमा वर्गिकरण गर्न सकिन्छ।राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार जनकपुरधाम उपमहानगरपालिकको कुल जनसंख्या १९५४३८ जसमा पुरुष १००४१७ तथा महिला ९५०२१ साथै घर संख्या ३२६१२ र परिवार संखया ४१९४१ रहेको छ।२५ वडामा विभाजित यस उपमहानगरपालिकाको सबभन्दा ठुलो र सानो वडाको क्षेत्रफल क्रमशस् ०।०२ र १३।२६ वर्ग कि । मि । रहेको छ । यसको सिमा क्षेत्र पूर्वमा धनुषाकै औरही गाउँपालिका छ भने पश्चिममा महोत्तरीको पिपरा गाउँपालिका उत्तर र दक्षिणमा क्रमशस् धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका र नगराइन नगरपालिका रहेको छ।पूर्वमा जलाद र पश्चिममा दुधमती मुख्य नदी का रुपमा रहेका छन्। यस उपमहानगरपालिकाको न्यून्तम तापक्रम ७ डिग्री देखि अधिकत्म ४० डिग्री सेल्सियस सम्म मापन भएको देखिन्छ।

शिक्षा ः–

प्राचीन कालदेखि नै शिक्षाको लागि जनकपुरधाम उर्वर भूमि मानिन्छ। व्यास, पाणिनी, अष्टावक्रलगायत ऋषि र प्रसिध्द कवि बिद्यापतिको ज्ञान भूमिको रुपमा जनकपुर परिचित छ।राजर्षि जनकले विभिन्न ऋषिसँग जिज्ञासुका रुपमा शास्त्रार्थ गर्ने क्रममा जनकपुरधाममा जे(जति ज्ञान प्राप्त गरे , त्यसलाई जनकदर्शन भनिन्छ।यस्तो भूमिमा शिक्षाको प्रचुर सम्भावना नभएर अन्त काहँ हुन्छ। जनकपुरधाममा धेरै सरकारी बिद्यालयहरु छन्। उच्च शिक्षको लागि पुरानो सरकारी क्याम्पस रामस्वरुप रामसागर बहुमुखी क्याम्पस छ, जुन त्रिभुवन विश्वविद्यालयसँग आबध्द छ। निजी विद्यालय र कलेजहरु पनि रहेका छन्। मूलतः गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी शिक्षा दिने तर्फ उपमहानगरले काम अगाडी बढाउनु पर्छ। यसको लागि सार्वजनिक शिक्षाको गुणस्तर सुधार गरेर सार्वजनिक शिक्षाप्रति आमअभिभावकलाई विश्वस्त पारी विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ।सर्वप्रथमा सरकारी शिक्षालयहरुको भौतिक संरचनाको स्तरोन्नति गर्नु पर्छ। सँगसँगै शैक्षिक सामाग्रीको अभाव हुन नदिने व्यवस्था मिलाउन सक्नु पर्छ।आईसिटीमा आधारित शिक्षा दिने व्यवस्था मिलाउने। शिक्षकहरुलाई समय समय मा शैक्षिक तालिम र भ्रमणको व्यवस्था गरी उनीहरुको शिक्षण क्षमता अभिबृध्दी गर्ने। आवश्यकता अनुसार स्थानीय साधन र स्रोतको उपभोग गर्न सक्ने खालको प्राविधिक शिक्षा दिने व्यवस्था मिलाउने। खोज र अनुसन्धानमा आधारित शिक्षा दिने गरी उपमहानगरले शिक्षाको गुरूयोजना बनाउनु पर्ने हुन्छ। मूलतस् उत्कृष्ट व्यवस्थापनका लागि समुदायको अपनत्व र सर्वोत्कृष्ट नतिजाको लागि प्रतिस्पर्धी जनशक्तिको विकासको खाडल पुर्नु पर्ने हुन्छ। यसरी जनकपुरधामलाई सबै खालको शिक्षा र उच्च शिक्षाको लागि उत्कृष्ट गन्तब्यको रुपमा विकास गरी मधेश प्रदेशकै शैक्षिक केन्द्रको रुपमा विकास गर्ने सोचका साथ काम गर्नु पर्ने हुन्छ। स्वास्थ्य ः स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई पनि विशेष महत्वका साथ हेर्नु पर्छ। आफ्नो हरेक नगरवासीले सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन की छैनन , यस प्रति उपमहानगरले ख्याल गर्नु पर्ने हुन्छ। जाकपुरधाममै प्रादेशिक अस्पताल , प्रादेशिक प्रयोगशाला र सरकारी आँखा अस्पताल रहेकै भरमा वस्नु हुदैन। हरेक नागरिकको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने हकको ग्यारेण्टी गरिनु पर्छ। बढदो जनसंख्यको चापलाई ध्ययानमा राखेर हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति सँगसँगै सेवा पनि विस्तार गर्नु पर्छ। हरेक नागरिकको स्वास्थ्य बिमा गरी सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने स्वास्थ्तनीति उपमहानगरले बनाउन अत्यावश्यक छ। आधारभुत स्वास्थ्य सेवा नजिककै स्वास्थ्य संस्थाबाट प्रदान गर्ने र त्यसको व्यवस्थापनको जिम्मा समुदायलाई नै दिने। उपमहानगरले आफ्ना कुनै पनि नागरिक आर्थिक अभाव वा अन्य कुनै कारणले स्वास्थ्योपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने सोचकासाथ काम गर्नु पर्छ। एम्बुलेन्स सेवालाई पनि सुलभ बनाउने। प्रदेश र संघिय सरकसरको सहकार्यमा बिशिष्ट र विशेषयज्ञ सहितको सेवा दिन जनकपुरधामलाई सक्षम बनाउने, बिरामीको अवस्था जटिल हुन साथ रेफर गर्नु पर्ने बाध्यताबाट जनकपुरधामलाई मुक्त गर्नु पर्छ। भविष्यमा जनकपुरधाममा बढन सक्ने जनसंख्यालाई धान्न सक्ने गरी अहिले देखि नै स्वास्थ्य सेवा र संरचनाको विस्तार र विकास गर्दै जानु पर्छ।पैसा हुने निजीमा गए पनि सम्पत्ति नै बेचेर नागरिकले स्वास्थ्योपचार गर्नु पर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ उपमहानगरले स्वास्थ्य क्षेत्रको गुरुयोजना बनाउने र कार्यवन्यन गरी स्वास्थ्य क्षेत्रको समस्या सामाधान गर्ने।

यातायातः–

जनकपुरधामलाई देशका प्रमुख सहरहरुसँग जोडने काम जनकपुर(ढल्केवर ६ लेनको सडकले ढल्केवरमा पूर्व(पश्चिम राजमार्गसँग जोडदै पुरा गरेको छ। भारतीय नाकासँग जोडने काम जनकपुर(जटही सडक, जनकपुर( भिठामोड सडक र नेपाल रेल्वे लगायतले गरेको छ। हुलाकी राजमार्गले समेत जनकपुरधामलाई छोएको छ। उपमहानगरभित्र सामान्य आवतजावतको लागी विद्युतीय रिक्सा, टेम्पो र बसहरु उपलब्ध छन्।जाकपुरमा एउटा आन्तरिक विमानस्थल छ। उपमहानगरभित्र आवतजावतलाई अझ सहज बनाउन नगर बसहरु सञ्चालनमा ल् याउने, टेक्सी सञ्चालनको व्यवस्था गर्ने, यातायात व्यवसायीहरुसँग समन्वय गरेर सुबिधा सम्पन्न बसहरु सञ्चालनमा ल्याउने, प्रदेश र संघिय सरकारसँगको सहकार्य र समन्वयमा जनकपुरलाई विमान सेवासँग नेपालका प्रमुख सहरहरुसँगै भारतका वणारस र अयोध्यासँग जोडने र रेल्वे सेवाको विस्तार गर्ने काम पनि उपमहानगरले चाँसो लिनु पर्छ। बढदो बस, मिनि बस, माइक्रो लगायतका सवारी साधनलाई व्यवस्थित पार्क गर्ने गरी आधुनिक र सफा बसपार्क उपमहानगरमा छैन्, यसलाई मध्यनजर गरेर मूख्य बसपार्क एउटा र अन्य केही सुबिधा सम्पन्न बसपार्क जाकपुरधाममा निर्माण गर्नु पर्ने हुन्छ।

प्रविधिमैत्रीः–

अहिलेको आधुनिक युगमा प्रविधिमैत्री हुन अत्यावश्यक भैसकेको छ। नागरिकलाई प्रविधिकै माध्यमबाट सेवा र सुचना दिन उपमहानगर सक्षम बन्नु पर्छ। यसको लागि डिजिटल जनकपरधामको लागि काम अगाडी बढाउनु पर्ने हुन्छ। जनकपुरधामको आफ्नै सर्भर सिस्टम डेभलप गर्ने, सोही सर्भर सिस्टमको प्रयोग गरेर उपमहानगरका सम्पुर्ण सेवाहरु नागरिकलाई प्रदान गर्ने, स्थानीय तथ्याङ्क संकलन र अभिलेखिकरणलाई डिजिटल बनाउने र त्यसकै आधारमा योजना बनाउने र कार्यवन्यन गर्ने। तर ब्यक्तिगत गोपनियताको ख्याल गर्नु पर्ने हुन्छ। यसमा कमजोरीको कुनै गुन्जाइस हुनु हुदैन्।सुशासनको लागि पारदर्शीता आवश्यक पर्छ। पारदर्शी हुन प्रविधिको प्रगोग वाहेक अर्को उपाय छैन् , अहिलेको समयमा। प्रविधिको प्रयोग गरेर सहज तरिकाले सेवा र सुचना प्रदान गर्ने संरचना र प्रणालिको विकास गरी उपमहानगर पारदर्शी बनी सुशासन कायम गर्न सक्नु पर्छ। सेवाग्राही घण्टौ लाइनमा बसेर सेवा लिने, समयमा सही सुचना नपाउने, भनेको बेला अभिलेख नभेटिने लगायतका समस्याको सामाधान डिजिटल जनकपुरधाम नै हो।

आकर्षण र सौन्दर्यीकरण ः–

जनकपुरधामको केन्द्रीय बजार भव्य जानकी मन्दिरले सुसज्जित छ। यो नेपाल भरिकै ठूलो मन्दिरहरु मध्ये एक हो। जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी तथा कुण्डहरु र कुटीहरु हुन्। पोखरीहरुको कारण जनकपुरधामको माछा नेपालमै प्रख्यात छ।बावन कुटी बहत्तर कुण्डको सहर भनेर पनि जनकपुरधाम परिचित छ।यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्व छ। यति आकर्षण रहेको जनकपुरधामको सौन्दर्यीकरण अत्यावश्यक छ। जनकपुरधाममा रहेको मन्दिरहरुलाई सौन्दर्यीकरण गरी दर्शनार्थिहरुले मन्दिर परिसरमा समय बिताएर स्वर्गलोकको आन्नद लिएको अनुभुति गर्न सक्ने वातावरण बनाउनु पर्छ।यहाका पोखरीहरुको पानी सफा गरी र सँधै सफा राखी पानी पर्यटनको रुपमा विकास गर्नु पर्छ। पोखरीका डिलहरुमा फूल र वृक्षा रोपन गरी साना ठूला पार्कको निर्माण गर्ने र हरित जनकपुरधामको सपना सकार गर्ने।अन्य खालि ठाउँमा समेत व्यवस्थित पार्कको निर्माण गरी जनकपुरधामको वातावरणको संरक्षण गर्नु पर्छ। नगरवासीको लागि ठाउँ ठाउँ मा खालि ठाउँको व्यवस्थापन गर्ने। तारहरुलाई भूमिगत गर्ने।सार्वजनिक स्थलहरुको वालहरुमा मिथिला चित्रकाला बनाउन लगाउने र स्थानीयहरुलाई समेत यसका लागि अभिप्रेरित गर्ने। फुटपटथ , ठेला र साईकलमा संचालित अव्यवस्थित बजार सञ्चालन गर्न खालि ठाउँको व्यवस्था गर्ने र सरसफाईको जिम्मा व्यवसाय गर्नेहरुलाई नै दिने तर उपमहानगरले त्यसको अनुगमन गर्नु पर्छ। हाटबजारको व्यवस्थापन गर्ने र त्यसता हाटबजारको सरसफाईलाई प्राथमिकता दिने। यी र यस्तै कार्यहरु गरेर जनकपुरधामको सौन्दर्यीकरण र यहाँका ऐतिहासिक तथा पौराणीक समपदाको संरक्षण सम्बध्र्दन गर्न उपमहानगरले ढिलाई गर्नु हुदैन्। सरसफाई र फोहर व्यवस्थापन स्( कुनै पनि सहरको स्वच्छता, सुन्दरता र आकर्षण कायम राख्नमा सरसफाई र फोहर व्यवस्थापनको ठूलो भुमिका हुन्छ।जनकपुरधामको हरेक चोकचोकमा र घरघरमा फोहरको थुप्रो थुप्रिएको हुन्छ। सफा र एकछिन बसेर आरामको सास फेर्ने ठाउँको खोजी नै गर्नु पर्ने हुन्छ, जनकपुरधाममा अहिले। फोहरको दुर्गन्ध र लामखुट्टेको समस्या उस्तै छ, तरपनि उपमहानगर र नगरवासी चुपचाप जस्तै छन्। नगरवासीलाई फोहरलाई वर्गिकरण गरेर छुट्याउन लगाउने र त्यसरी छुट्याईएको फोहरलाई व्यवस्थापन गरी त्यसबाट विभिन्न ग्यास, प्रांगरिक मललगायत पुनस् प्रयोगमा ल्याउनसक्ने सम्भव्यताको अध्ययन गरी वैज्ञानिक र दिर्घकालिन सामाधान खोज्नु पर्छ।नगरवासीलाई जथाभावी फोहर फाल्न नदिई फोहरको संकल्न गर्न लगाउनु पर्छ।नगरवासीमा फोहर संकल्न गर्ने बानी बसाल्ने काम कडाईका साथ गर्नु पर्छ। फोहरका एक टुक्रा पनि नदेखिने गरी सरसफाईको काममा उपमहानगर शिघ्र लाग्न जरुरी छ र यसमा नगरवासीलाई समेत चेतना र सचेतनाका माध्यमले अभ्यस्त गराउनै पर्छ। फोहरलाई समस्याको रुपमा होईन हरेक फोहरबाट मोहर लिने गरी उपमहानगरले काम गर्नु पर्छ।सरसफाई र फोहर व्यवस्थापनले नगरवासीलाई लामखुट्टेको समस्याबाट पनि राहत देने नै छ तरपनि यसतर्फ उपमहानगरले काम गर्नु पर्ने हुन्छ।

पर्यटनः–

जनकपुरधाम आफैमा धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र हो। यो हिन्दु धर्मालम्बीहरुको महत्वपुर्ण तिर्थ स्थल हो। यस्तोमा जनकपुरधामलाई सौन्दर्यीकरण गरी अन्य पर्यटकलाई समेत आकर्षित गर्न सकिन्छ। जनकपुरधामको पोखरीहरुलाई विभिन्न किसिमको पानी पर्यटनको रुपमा विकास गरी नगर र नगरवासी दुवैले आर्थिक लाभ लिन सक्छन्। धनुषाधाम, मटिहानी, जलेश्वर जाने पर्यटकहरुको लागि ट्रान्जिट प्वाईन्टको रुपमा रहेको जनकपुरधामलाई मधेस प्रदेश र प्रदेश नं।१ को को विभिन्न पर्यटकिय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरुलाई आकर्षित गर्न सक्ने गरी सक्षम बनाउनु पर्छ। कला, सँस्कृतिको जिवन्त इतिहास र ऐतिहासिक प्राचिन घटनटहरुको स्थल जनकपुरधामको कुशल व्यवस्थापन गर्न सकिएमा सबै खालका पर्यटकहरुको ध्ययान तानेर नगर र नगरवासीको आर्थिक सबलिकरणको एउटा आधार बन्न सक्षम छ, जनकपुरधाम।

निष्कर्ष ः–

शिक्षा, स्वास्थ्य र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेर नगर र नगरवासीको आर्थिक सबलिकरणको बाटोहरु पहिल्याउदै उपमहानगरले आफ्नो अगामि यात्राको बाटो निर्धारण गर्नु पर्ने हुन्छ। जनकपुरधामको सबल पक्षहरुको सदुपयोग गर्दै नगरभित्र सुशासन कायम गरि जनकपुरधामको विकास गर्नु नै उपमहानगरको मूख्य कार्भार हो। जनकपुरधामको बढदो वस्ति विस्तार, औधोगिक विस्तार, व्यापार व्यवसाय र बजार विस्तारलाई व्यवस्थित गर्दै, सम्पदाहरुको संरक्षन र सम्बध्र्दन गरी महानगरको लागि आवश्यक प्रकृया पुरा गर्दै जानु पर्छ।स्वच्छ र सुनदर सँगसँगै जनकपुरधामलाई समृध्द बनाउनै पर्छ। यसका लागि जनकपुरधामको समाथर््यको पहिचान गरी सदुपयोग गर्नुको विकल्प छैन्।यसमा हेलचेक्य्राइँ वा वहानाबाजी र ढिलाइ गरी जनकपुरधामलाई झन पछाडी पार्ने काम गर्नु हुदैन ।

 

Comment


Related News

Latest News

Trending News