अपडेट 
२०७९ बैशाख १६, शुक्रबार ०७:२२

जनकपुरधाम । जनकपुरधाममा मधेश प्रदेशको स्थायी राजधानी हो । त्यसैले जनकपुरधाम उपमहानगरपालिकाको नृेतत्व लिन राष्ट्रिय पार्टीदेखि स्वतन्त्र उम्मेदवार हरुले कमर कसेर लागेका छन् । मधेश प्रदेशमै सबभन्दा बढी उम्मेदवारी जनकपुरधाम उममहनगरपालिकामा परेको देखिन्छ । जनकपुरधामको १२७ वटा सिटको लागि १ हजार ९७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जनकपुरधामको प्रमुखमा १२ दल, २९ स्वतन्त्र गरि ४१ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा १० दल र २७ स्वतन्त्र गरि ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ पाच दलिय गठबन्धनको भागबण्डामा जनकपुरधाम राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को भागमा प्रमुख र नेपाली काँग्रेसको भागमा उपप्रमुख परेको छ । जसपाले मेयरमा निर्वातमान मेयर लालकिशोर साह र काँग्रेसले किशोरी साहलाई टिकट दिएको छ । सत्तारुढ गठबन्धनमा भागभण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि काँग्रेस जनकपुरधाम नगरसभापति मनोज साह पार्टीको सधारण सदस्य समेत नरहने गरि राजिनामा दिएर स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वतन्त्र रुपमाा उम्मेदवारी दर्ता गराएपनि आफुलाई काँग्रेस साथिहरुको भरपुर सहयोग रहेको दावि गर्दै आएका छन् । त्यसैगरि, उपमेयरमा काँग्रेसकै निर्मल चौधरी बागि भई उम्मेदवारी दर्ता गराएका छन् । यि दुवै बागि भएपनि काँग्रेस नेतृत्वले दुवै अहिले फकाउन वा मनाउन खासै पहल गर्न सकेका छैनन् । दुवै वागि उम्मेदवारहरुले आफ् नो हिसावले चुनावको तयारी गरिरहेका छन् । निर्वाचन आयोगले १६ वैशाख सम्म उम्मेदवारी फिर्ता लिन समय दिएको छ । काँग्रेसका उपमेयरमा उम्मेदवार किशोरी साहले मनोज साहभन्दा पनि हामीले निर्मल चौधरीलाई उम्मेदवारी फिर्ता गराउन जोड दिई रहेका छौ ।‘ मनोज जी पार्टी नै छोडि सक्नु भएको छ, निर्मल जि अझै पार्टीमै हुनुन्छ । त्यसकारण उहाँलाई भेटर उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छौ । हाम्रो छलफल सकरात्मक रुपमा अगाडिी बढि रहेको छ ।’ गठबन्धन प्रति काँग्रेस ईमन्दार रहेको दावि गर्दै उनले भने,‘ केन्द्रले गरि दिएको गठबन्धन प्रति हामी ईमन्दार नै छौ । तर अहिले सम्म उम्मेदवारी स्थानीय स्तरमा गठबन्धनको चुनावी विषयमा कुनै छलफल हुन सकेको छैन ।

वैठक बसेपछि मात्रै एक अर्कालाई विश्वास गर्ने वातावरण बन्छ र त्यसले एक प्रकारको कार्यकर्तामा सन्देश प्रवाह हुन्छ ।’ यता, मनोज साहले भने,‘ पार्टीमा मेरो ठुलो योगदान छ । तर पार्टीले त्यसलाई सम्मान नगर यहाँका पार्टीहरुको मनोभावना नबुझि जसपालाई टिकट दियो । जसले कुनै पनि काँग्रेसी खुखि छैनन् । त्यसैले म पार्टी छोडेर उम्मेदवारी दिइका छौ । मैले पाटी नै छोडेपछि मलाई मनाउने वा सम्झाउने कुरो पनि आउदैनन् । रहियो कुरा सहयोग गर्ने त सबैले मलाई सहयोग नै गर्छ ।’ जनकपुरधामको ईतिहासमा पटक पटक कांगेसका बागि नै चुनाव जितेको छ । कांग्रेसबाट बागि भएर वृषचन्द्र लाल, बजरंग साह लगायतले यस अघि चुनाव जितेका छन् । नेकपा एमालेबाट जनकपुरधामको प्रमुख र उपप्रमुखमा बागि उम्मेदवार खडा भएका छन् । एमालेले जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शिवशंकर साह –हिरा) र काँग्रेस परित्याग गरि आएका रुना झालाई उपमेयरको टिकट दिएको छ । तर लामो समयदेखि एमालेमा संलग्न रहेका रामदेव साहले मेयरमा र उमेश चौधरीले उपमेयरमाा उम्मेदवारी दिएर एमालेको बागि भएको छ । त्यसैग्रि, मेयरको प्रलोभनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर एमालेमा प्रवेश गरेका जनकपुरधाम– ७ निर्वाचन वडाअध्यक्ष जानकी राम साह एमालेको बागि उम्मेदवारको रुपमा देखा परेका छन् । उनी मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । एमालेका मेयरका उम्मेदवार शिवकंशर साह हिराले भने,‘ एमालेका तीन जना बागि भएरपनि पार्टीमा उनीहरुको लगानी शुन्य छ । यादव र चौधरी लामो समयदेखि पार्टीमा निशक्रिय छन् भने साहलाई पार्टीकै कार्यकताहरुसँग परिचयन नै भएको छ । यस्तो अवस्थामा ति बागिहरुको चुनावमा एमलेलाई कुनै फरक पर्दैनन् ।’‘ यादव र चौधरीसँग भेटर कुराकानी गरेको छु, साहले भने,‘ तर साहसँग मेरो भेटघाट छैन ।

पार्टीका केन्द्रिय नेताहरुसँग कुराकानी गरिरहेका छ छैन भन्ने विषयमा मलाई जानकारी छैन ।’ यता, साहले आफु बाँगि भन्दा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए । ‘म कुनै पार्टीको बागि भन्दा पनि व्यक्तिगत हिसावले विभिन्न पार्टीका लगाव भएका साथिहरुको सहयोगमा उम्मेदवारी दिएको छु, उनले भने । यता, लोसपाका उम्मेदवार मनोज चौधरीले भने,‘ जानकी राम साह लोसपा हुदाँ उनी पनि मेयरका अकाक्षि थिए । तर पार्टीलाई मलाई नै टिकट दिएपनि उनी एमालेको प्रवेश गरियो र एमाले पनि टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । यस्तो उनी लोसपाको नभई एमालेको बागि उम्मेदवार भन्नुपर्छ ।’ त्यसैगरि, लोसपाले टिकट नदिएपछि तराई मधेश लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी दिइकी विभा ठाकुरले लोसपा पार्टीका कार्यकर्ताहरुको आफ्नो समर्थन रहेको दावि गरेकी छिन् । यसरी जनकपुरधामको प्रमुख पदका उम्मेदवारहरुलाई बागिहरुले चिन्ता बढाई दिएको छ । बागि उम्मेदवारहरु जनकपधाम उच्च रहेपनि प्रमुख दलका शिर्ष नेताहरुले ति समस्या ध्यान नदिएको देखिन्छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News