रौतहट । रौतहट जिल्लामा अहिले नेताहरुको चहलपहल तीब्र भएको छ । निर्वाचन जितेकाहरुले ५ बर्ष पछि जनताको घर घरमा पुगिरहेका छन् । आ आफ्नो पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारहरु गाउ गाउमा घर दैलो गर्न थाले पछि स्थानीय स्तरमा चुनावी माहौल छाएको हो ।
गौर नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका मोहन यादव , नेकपा एस का शम्भु साह र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजय कुमार गुप्ताले एउतै मुदालाइ चुनावी एजेन्डाको रुपमा अघि सारेका छन् । माधव नेपाल प्रधान मन्त्रि भएको बेला मन्त्रि परिसदबाट अधिग्रहण गर्ने निर्णय गरिएको गौर राइस मिलको जग्गा यस पालिको निर्वाचनमा आधार बनाउदै छ । २०७४ सालको निर्वाचनमा राइस मिलको जग्गा अधिग्रहण गरि खेल मैदान बनाउने मुद्दा बनाएर निर्वाचित भएका निवर्तमान नगर प्रमुख गुप्ताको अवधिमा अधिग्रहण हुन् नसकेका एतिहासिक भुमि राइस मिलको जग्गा निर्वाचित भए पछि १ वर्ष भित्र अधिग्रहण गर्ने दावी नेकपा एसका उम्मेदवार शाहले गर्दै हिडेका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहन यादवले निर्वाचित भए पछि पहिलो प्राथमिकता राइस मिलको जग्गा अधिग्रहण नै हुने जनता समक्ष प्रतिवद्धता जनाउदै आएका छन् ।
गौर सदरमुकाम भएकोले यहाका व्यापारी हरुको लागि विकास गर्नु पर्ने , गौरमा विश्वविद्यालय खोल्नु पर्ने , ठुल ठुला उद्योग ,कलकारखानाको स्थापना गरिए बेरोजगारी समस्या समाधान हुने तर्फ कुनै उम्मेदवारको ध्यान गएको देखिएको छैन । गौरमा रहेका प्रादेशिक अस्पतालको दैनिय अवस्था , खस्किदै गएको शिक्षा , स्वास्थ्य , लोप हुदै गएको सस्कृति , सभ्यता ,संरक्षण प्रवर्धन कसरि गर्ने भिजन पनि स्थानीय उम्मेदवार विच देखिएको छैन । चुनाव को बेला सपना बाड्ने नेताहरु निर्वाचित भएपछी भनेको कुरो विर्सिने परिपाटी पहिला देखि नै रहेको र भविष्यमा पनि रहने स्थानीयहरु बताउछ । भौतिक पुर्बधारको विकासको साथ साथै सास्कृतिक विकास , सामाजिक विकास ,आर्थिक विकास आवश्यक रहेको छ । नेपालमा तिन तहको सरकार भएपनि बलियो संघीय सरकार र स्थानीय सरकार रहेकोले निर्वाचनमा बढी आकांक्षी देखिएको छ । गौर नगरपालिका, राजदेवी नगरपालिका ,इशनाथ नगरपालिका , राजपुर नगरपालिकामा नेपाली कांग्रेस , नेकपा एस , नेकपा एमाले , जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विच प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।