२०७९ बैशाख १६, शुक्रबार ०७:४२

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेकाहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।

त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज साँझ ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।

आयोगका अनुसार वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। अन्तिम नामावली प्रकाशन गरेसँगै आयोगले शनिवार चिन्ह प्रदान गर्ने भएको छ ।

Comment

Related News

Latest News

Trending News