५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत ) सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई चैत २८ गते पक्राउ गरेको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको उनको भनाइ छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=12s


