अपडेट 
२०७९ बैशाख १६, शुक्रबार २१:३२

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयरका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले प्रचार प्रसार तीव्र पारेका छन् ।

गठबन्धनले स्थापना गरेको जउनपाको दुई वटा वडास्तरीय प्रचार प्रसार कार्यालयको मेयर प्रत्याशी साहले उद्घाटन गरेका छन् । शुक्रबार छुट्टाछुट्टै आयोजित समारोहबीच उनले जउनपा–२ तथा वडानम्बर ८को कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मेयर प्रत्याशी साहले जनकपुरधामवासीलाई मतदान गर्न आग्रह गरेका थिए ।

त्यसै गरी उपमहानगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्षका प्रत्याशी शत्रुधन साहको नेतृत्वमा भेंटघाट कार्यक्रममा समेत मेयर प्रत्याशि साहले सहभागिता जनाएका थिए । सो क्रममा शुक्रबार दर्जनौ कार्यकर्ता तथा गठबन्धनका नेताहरुको सहभागितामा ¥याली समेत निकालिएको थियो ।

Comment


Related News

Latest News

Trending News