अपडेट 
२०७९ बैशाख १७, शनिबार ०७:४७

गौर । बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा रौतहट जिल्लामा नेताहरुले आफ्नो श्रीमतीलाई जिताउन कम्मर कसेर लागेका छन् । जिल्ला तथा केन्द्रीय स्तरका विभिन्न राजनीतिक दलका नेताहरुले पार्टीमा समर्पित भएका कार्यकर्ताहरुलाई पाखा लगाएर आफ्नो परिवार भित्रका सदस्यलाई निर्वाचित गराउन लागि परेका हुन् ।

पार्टीका अन्य पालिकाका उम्मेदवार जिताउन प्रचार प्रसार नगर्ने नेताहरु आफ्नो श्रीमतीलाई निर्वाचित गराउन कसरत गरिरहेको देखिएको छ । परिवार र जातिवाद गर्ने प्रभु साहले आसन्न निर्वाचनको लागि आफ्नो श्रीमती , नाता गोता तथा निजी स्वकीय सचिवलाई पनि चुनावी मैदानमा उतारेर आलोचनाको शिकार भै रहदा जनता समाजवादी पार्टी नेपाल , नेपाली कांग्रेस , नेकपा एस , नेकपा एमालेका नेताहरुले पछि परेका छैनन् । रौतहटको मौलापुर नगरपालिकामा नगर प्रमुखमा प्रभु साहले दोस्रो पटक आफ्नो श्रीमती रिना साहलाइ उम्मेदवार बनाएका छन् । अखित्यार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित पक्राउ गरेका देवाही गोनाही नगरपालिका निवर्तमान मेयर धर्मेन्द्र पटेलले आफ्नो श्रीमती मधुलिका रानी पटेललाई चुनावी प्रतिस्पर्धामा ल्याएर जिताउनका निमित लागि परेका छन् । राजदेवी नगरपालिकामा नेकपा एमालेका नेता एवं पूर्व संविधान सभा सदस्य बबन सिंहले आफ्नो श्रीमती अंशु सिंहलाई नगर प्रमुखको उम्मेदवार बनाएर चुनावी अभियानमा लागेका छन् । निवर्तमान उपमेयर अंशु सिंह यस अघि संघीय समाजवादी फोरम नेपालबाट उपप्रमुखमा निर्वाचित भएका थिए ।

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार सिंहले आफ्नो बबिता सिंहलाई उपमेयरमा उम्मेदवार बनाएको छ । मधेश प्रदेशका रौतहट निर्वाचन क्षेत्र नम्बर २ क बाट नेपाली कांग्रेसका प्रदेश सांसद नागेन्द्र प्रसाद सिन्हाले आफ्नो श्रीमती कौशल्या देवी सिन्हालाई बागी उम्मेदवार बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेपाली कांग्रेसबाट टिकट नदिँदा बेलुकी जसपामा प्रवेश गरेकी सिन्हा राती नेकपा एस तथा बिहान ९ बजे लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेर सोही पार्टीबाट इशनाथ नगरपालिकामा नगर प्रमुख पदको प्रत्यासी भएकी हुन् । पार्टीमा लामो समयदेखि सक्रिय युवा नेता महमद जैद राजालाई नेकपा एमालेले अधिकारिक उम्मेदवार न बनाउंदा पार्टी परित्याग गरी जनता समाजवादी पार्टीबाट नगर प्रमुखमा उम्मेदवारी दिए पछि नेकपा एमालेका नेता प्रभु साहले पार्टीका केन्द्रीय सदस्य समेत रहेका किरण साहको श्रीमती सुर्मिला कोइराला एमालेबाट मेयर पदमा प्रत्याशी बनेकी छिन् । राजपुर नगरपालिकामा जातीय हिसावले बलियो मानिएका मुस्लिम समुदायका पुर्व मन्त्रि मोहमद आफताव आलमका छोर डाक्टर राजिक आलम र स्वर्गीय स्वास्थ्य राज्य मन्त्री मोहमद मुस्ताक आलमका छोरा जैद राजा बीच सिधा प्रतिस्पर्धा रहेका छन् ।

दुबै उम्मेदवारलाई सहानुभूति मत आउने अमुमन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका जिल्ला सचिव रामचन्द्र गिरिले परोहा नगरपालिकामा आफ्नो श्रीमती सुगन्धी देवीलाई दोस्रो पटक उम्मेदवार बनाएका छन् । जनताद्वारा जनता माथि गरिने शासन प्रणाली नै लोकतन्त्र हो भन्ने अहिलेको शासन व्यवस्थामा राजनीतिक दलका नेताहरु आफ्नो परिवारवाद ,नाताबाद ,कृपावादमा लागि परेकोले आम नागरिकहरु शासकीय प्रणाली र नेताहरु प्रति असन्तुस्ट देखिएका छन् । पार्टीको लागि झण्डा बोक्ने , आन्दोलनमा ज्यान गुमाउने सामान्य कार्यकर्ता हुन्छ भने मौका आउदा फाइदा लिने नेताहरु हुन्छ ।

Comment


Related News

Latest News

Trending News