अपडेट 
२०७९ बैशाख १७, शनिबार ०८:०८

ढल्केबर । नेकपा एमालेले टिकट खोसे पछि मिथिला नगरपालिकामा बागी उम्मेदवार निवर्तमान मेयर हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीले अचानक टिकट खोसेकोले आक्रोशित समेत बनेका र सो क्षेत्रमा जनताका लोकप्रीय नेताका रुपमा रहेको महतोलाई उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयले बोलाएको थियो । पार्टी भित्र आन्तरिक सहमति भएपछि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेका छन् त्यसैले मैले उम्मेदवारी फिर्ता लिएँ । ’ महतोले भने । एमालेले राजाराम महतोलाई पार्टीले मेयरको टिकट दिएपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए । नेकपा एमाले नगर समितिबाट हरिनारायण महतोलाई मेयरको उम्मेदवारको लागि एकल सिफारिस गरिएको थियो । तर अचानक मनोनयन दर्ता गराउने दिन मात्रै राजाराम महतोले टिकट पाएका थिए । राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए । राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News