२०७९ बैशाख १७, शनिबार ०८:२८

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दै छ। उम्मेदवारी दर्ता, दाबी–विरोध र परेका उजुरीको जाँचबुझसँगै उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेर आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।

दलको आधिकारिक उम्मेदवारलाई आयोगले सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले स्वतन्त्र उम्मेदवारलाई भने भिन्नाभिन्नै निर्वाचन चिह्न प्रदान गर्नेछ। उम्मेदवारलाई निर्वाचन चिह्नमै मतदाताले मतदान गरिदिन्छन् । चिह्नमै प्राप्त मतकै आधारमा उम्मेदवारको हार–जितको निक्र्योल हुने गर्छ ।

उम्मेदवारहरूले निर्वानच चिह्न पाएपछि मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन्। स्थानीय तहकाे निर्वाचन यही वैशाख ३० गते हुनेछ ।

Comment

Related News

Latest News

Trending News