२०७९ बैशाख १७, शनिबार ०९:४९

जनकपुरधाममा मुसलाधार पानीपर्नुका साथै असिना झरेको छ । एक हप्तादेखि बढेको गर्मी हिजो रातिदेखि केहि कम भएको छ । हिजो राति देखिनै बादल लागेर पानी परेको छ । आज बिहानदेखि मौसम पुनः खराब भएको छ । वर्षा हुनुका साथै हावाहुरी समेत चलेको छ ।

यता मौसम बिभागले मधेस प्रदेशसहित गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जनाएको छ ।

स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

सात वटै प्रदेशका पहाडी क्षेत्रमा अबको तीन दिनसम्म यस्तै मौसम रहने अनुमान छ । मेघगर्जनरचट्याङ्गगसहित छिटफुट पानी पर्नेछ । पानी परेका ठाउँमा तापक्रम पनि घटेको छ ।

Comment


Related News

Latest News

Trending News