
मलंगवा । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा स्थानीय तहको चुनावी प्रचार प्रसारलाई दलीय तथा स्वतन्त्र उम्मेदवारहरुले तीव्रता दिएका छन् ।
सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू आ–आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । सोही क्रममा मलंगवा नगरपालिका–८ को वडाअध्यक्ष पदकालागि जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट उमेदवारी दिएका लोकप्रिय युवा नेता मुकेश जयसवाल आफ्ना पाइनलका वडा सदस्य उमेदवार हरुका साथ मलंगवा नपा–८ का जनताको घर घरमा पुगेर घरदैलो पुग्दै प्रचार प्रसारलाई तीव्र पारेका छन् । आफ्ना समर्थकका साथ वडा न–८ को प्रत्येक घरमा पुगेर आफुबाट जनताले गरेको आशा तथा स्थानीय जनताको समस्याहरुको बारेमा जानकारी लिइरहेका छन् । उनले आफूलाई जिताएर वडा अध्यक्षको जिम्मेवारी दिएको खण्डमा जनताको इच्छा,आकांक्षा र जनताले आफूसँग गरेको अपेक्षाको कदर गर्दै जनतालाई निराश नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसअघिको स्थानीय निर्वाचनमा मात्र थोरै मतले पराजित भएको जयसवाललाई वडाअध्यक्ष बनाउन वडा न–८ को जनताको साथ र समर्थन रहँदै आएकोले अरुलाई भन्दा उनलाई नै टिकट दिएर उम्मेदवार बनाउन उचित र न्यायसंगत भएकोले जयसवाललाई उम्मेदवार बनाएको जसपा नेपालका शीर्ष नेताहरुले बताएका छन् ।उनको समाजसेवी भावना र जनताहरु बीच उनको स्वच्छ छविलाई देखेर उनको जित प्रति आफ्नो पार्टी विश्वस्त रहेको उनी निकटका नेताहरुले बताउँछन् । जयसवाल आफ्ना पाइनलका महिला सदस्य सविता बडाल, दलित सदस्य अमिरखा देवी र खुल्ला सदस्य विजय रस्तोगी वडा न–८ मा घरदैलो कार्यक्रम लिएर पुग्दा साढे ४ वर्षमा विकासको नाउंमा एउटा पनि राम्रो काम नभएको भन्ने गुनासो लिएर बसेका जनताहरू अब बल्ल वडाको मुहार फेरिने भयो भन्दै उत्साहित देखिएका छन् ।
वडाका जनताहरु पनि यसपटक मुकेश जयसवाललाई नै समर्थन र साथ दिने बताउँछन् । उनले माओवादी केन्द्रको हसिया हथौडा छापबाट खुल्ला सदस्यमा उम्मेदवार भएका जितेन्द्र महतोको संयुक्त गठबन्धनलाई पनि अत्याधिक मतले विजयी बनाउन अनुरोध गरेका छन् ।