जलेश्वर । महोत्तरीको औरही नगरपालिका श्रीपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पिलर मानिने अधिवक्ता रामछबिला यादवसहित दर्जनौ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
लोसपाका वरिष्ट नेता शरतसिंह भण्डार ीसंग निकट सम्बन्ध रहेका अधिवक्ता यादवले एक कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् । अधिवक्ता यादवका भाई मनोज यादव, कारिचरण यादवसहित दर्जनौ युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका युवा नेता तथा औरही नगरपालिकाका मेयरका प्रत्याशी सुनिल कुमार यादवले उनीहरुलाई अविरमाला लगाई पार्टीमा स्वागत गरेका थिए । मनोज यादव यस अघि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा मेयर पदका प्रत्याशि सुनिल कुमार यादवले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचनमा नेपाली कांग्रेस दोब्बर मतले विजयी हुने दाबी गरे । ‘विगतमा औरही नगरपालिकाको प्रमुख भएर आफूले गरेको कार्यलाई मुल्याङ्कन गरेर नै जनताले मतदान गर्ने बताउँदै उनले भने,‘ मसँग माओवादी केन्द्रबाट चुनाव लडेका नरेन्द्र यादव, जसपाबाट चुनाव लडेका शंकर यादवसहितले अहिले कांग्रेसको रुखको छाहारीमा आउनु भएको छ । उहाँहरु कांग्रेसले नगरपालिकामा गरेको विकास निर्माणको काम देखेर नै प्रभावित भएका छन् । त्यसकारण यो चुनावमा दोब्बर मतले कांग्रेस विजयी हुन्छ ।‘ पछिल्लो साढे ४ वर्षको कार्यकालमा ग्रामिण क्षेत्रको नगरपालिका भएर पनि नगरपालिकालाई समृद्ध बनाउन बलियो आधार खडा गरेको उम्मेदवार यादवले दाबी गरे ।
please subscribe and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=16s