अपडेट 
२०७९ बैशाख १८, आईतवार ०७:३१

स्थानीयतहको निर्वाचनमा सत्ता साझेदार पाँच दलीय गठबन्धनका उम्मेद्वारविरुद्ध विद्रोही उम्मेद् वारहरु यतिखेर,गलफास बनेको चर्चा हुन थालेको छ । पाँच दलीय गठबन्धनको निर्णय विपरीत नेपाली काँग्रेसबाट विद्रोह गरी भरतपुर महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् भने विराटनगर महानगरपालिकामा जनता समाजवादी पार्टीबाट विद्रोह गरी मेयर पदमा र नेकपा (माओवादी)केन्द्रबाट विद्रोह गरी नमिता न्योपानेले उपमेयर पदमा स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएकी छन् । आ–आफ् ना पार्टीको निर्णयलाई अमान्य घोषित गर्दै स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएपछि सो पाँच दलीय गठबन्धनका लागि विद्रोहीहरु गलफासको रुपमा देखिएका छन् । कदाचित, पाँच दलीय गठबन्धनको उम्मेद्वार निर्वाचनमा विद्रोही उम्मेद्वारबाट पराजित भएमा गठबन्धनको निर्णयमाथि प्रश्न उठ्ने छ । २०७४ सालको स्थानीयतहको निर्वाचनमा काँग्रेसले माओवादी केन्द्रकी मेयर पदको उम्मेद्वार प्रचण्डपुत्री रेणु दाहाललाई समर्थन गरेको थियो । मेयर पदमा काँग्रेसले उम्मेद्वार नदिई रेणु दाहाललाई पूर्ण रुपमा सहयोग पु¥याए विजयी बनाउनमा अह्म भूमिका निर्वाह गरेको थियो । उतिखेर, एकपटकको लागि मात्र काँग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको भनेर सार्वजनिक रुपमैं सभापति देउवाले अभिव्यक्ति प्रकट गर्नुभएका थिए । सो कारणले २०७९मा हुने स्थानीयतहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वारको पक्षमा मतदानगर्ने विषयमा भरतपुरका काँग्रेसीहरु ढुक्क थिए । वैशाख ३० गते निर्वाचनको तिथि घोषणा हुनुअगावै भरतपुरका काँग्रेसीहरुले जसरीपनि भरतपुर नछोड्नका लागि केन्द्रमाथि दवाव बनाउँदै आएका थिए । पाँच दलीय गठबन्धनको निर्णयको आधारमा पुनः भरतपुर माओवादीको भागमा परेपछि त्यहाँका कतिपय काँग्रेसीहरु आपूmहरु हेपिएको महशुस गरे । अन्तोगत्वा, काँग्रेसभित्र विद्रोही मानसिकता बढ्दै गएपछि पूर्वसाँसद् जगन्नाथ पौंडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराए । गृहमन्त्री बालकृष्ण खाँडले फिर्ता लिन आग्रह गरेपनि पौंडेल टसमस भएन् । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाले छुट्टाछुट्टै विज्ञप्ति जारी स्वतन्त्र उम्मेद्वारी फिर्ताका लागि आह्वान गर्नुभएको थियो । भरतपुरमा काँग्रेसको विद्रोही उम्मेद्वार पौंडेल चुनावीमा उत्रिएपछि अव त्यहाँको निर्वाचन अझ रोचक हुने देखिन्छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको निर्वाचनपनि कम रोचक हुने छैन् । यहाँपनि काँग्रेसको वागी उम्मेद्वार मनोजकुमार साह चुनावी मैदानमा उत्रेका छन् । २०७४ सालको स्थानीयतहको निर्वाचनमा मेयर पदमा उनी पराजित भएका थिए । पार्टीका नगर समितिका अध्यक्षसमेत रहेका उनी पार्टीले पुनः उम्मेद्वार बनाउने सम्बन्धमा विश्वस्त देखिन्थ्यो । पाँच दलीय गठबन्धनले विरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि जसपालाई समर्थन गरेका हुन् । यसो हेर्दा, स्थानीयस्तरको निर्वाचनमा जनकपुरका काँग्रेसीहरु आफ्नो अनुकुल उम्मेद्वार नपाउँदा विद्रोहमा उत्रने गरेको इतिहास छ । यसपल्ट, त काँग्रेसले उम्मेद्वारपनि उतारेन, यस्तो अवस्थामा विद्रोह उम्मेद्वारको सम्भावना प्रवल थियो । २०४९को स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले दिगम्बर रायलाई उम्मेद्वार बनाएको विरुद्धमा काँग्रेसबाट विद्रोह गरी एक समूहले चुनावमा स्वतन्त्र रुपमा उत्रिएका बृषेशचन्द्र लाल मेयरमा लालकिशोर साह उपमेयर पदमा निर्वाचित भएका थिए । अहिले लालकिशोर साह निवर्तमान मेयर पुनः जसपाबाट मेयर पदमा चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, २०५४को निर्वाचनमा काँग्रेसको दामोदर पोखरेलको विरुद्धमा नेपाली काँग्रेसबाट विद्रोह गरी बजरङ्ग साह मेयर निर्वाचित भएका थिए । जनकपुरमा जसपाको मेयरविरुद्ध काँग्रेसको वागी छन् भने विराटनगर महानगरपालिका काँग्रेसको मेयर पदको उम्मेद्वारविरुद्ध जसपाको वागी उम्मेद्वारको रुपमा उमेश यादव चुनावी मैदानमा छन् । २०७४को स्थानीयतहको निर्वाचनमा जसपाबाट मेयर पदमा उठेका उमेश यादव तेस्रो स्थान प्राप्त गरेको थियो । पाँच दलीय सहमतिअनुसार यसपल्ट, विराटनगरको उपमेयर पद जसपाको हिस्सामा परेको हो । उपमेयर पदमा उपेन्द्र यादवको पुत्र अमरेन्द्र यादव चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट विद्रोह गरी नमिता न्योपानेले उपमेयर पदका लागि स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेकी छन् । गत, निर्वाचन उपमेयर पदमा लडेकी उनी दोश्रो स्थान प्राप्त गरेकी थिइन् । यस्तै, जसपा पार्टीका महिला नगर समितिकी सभापति बसुन्धरा झाले पनि पार्टीले आफ्नो मूल्याङ् कन नगरेको भन्दै उपमेयरमा स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेकी छन् । पाँच दलीय गठबन्धनको निर्णयअनुरुप, नेपाली काँग्रेसबाट मेयर पदमा नागेश कोइराला र जसपाबाट उपमेयर पदमा अमरेन्द्र यादवले उम्मेद्वारी दर्ता गराएका हुन् । उनी जसपा अध्यक्ष उपेन्द्र यादवका सुपुत्र हुन् । यसका साथै, विराटनगर महानगरपालिको १९वटै वडामा पाँच दलीय गठबन्धनभित्रका दलहरु आ–आफ्ना वडा अध्यक्ष र सदस्य पदहरुमा उम्मेद् वार उतारेका छन् । सीमित स्थानीयतहमा मात्रै सहमति भएपनि स्थानीयतहमा काँग्रेसको लागि गठबन्धनको नीतिको विधिवत रुपमा पहिलो अभ्यास हो । मेचीदेखि महाकालीसम्म तराईका कतिपय ठाउँमा मधेशकेन्द्रीत दलहरु एकापसमा तालमेल गरेको थियो । हुन त, कुनै कुनै ठाउँमा काँग्रेस र एमालेलगायतका दलहरु स्थानीय कार्यकर्ताको निर्णयको आधारमा तालमेल भएको थियो । तर, पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको सोच सफल भएको देखिएन् । खासगरी काँग्रेसका शीर्ष नेताहरुमाथि कार्यकर्ताहरुको अत्यधिक दवावपछि तालमेलको नीति राष्ट्रव्यापी रुपमा विस्तार हुन सकेन् । संविधानले एउटै पार्टीका मेयर र उपमेयर उम्मेदवार भएमा एउटा पदमा महिलाको लागि आरक्षित गरेको छ । जव, दुई फरक पार्टीको मेयर र उपमेयरमा उम्मेद्वारी परेपछि कुनै आरक्षणको व्यवस्था छैन् । त्यसको फाईदा उठाई गठबन्धन दलले सिटको बाँडफाँड गरेका स्थानीयतहका अधिकांस ठाउँमा दुई मुख्य पदमा पुरुष उम्मेद्वार उठाएका छन् । सो कारणले २०७४ सालको निर्वाचनको तुलनामा मेयर र उपमेयर पदमा महिलाको उपस्थिति घट्ने देखिन्छ ।

टिकटका लागि दल परिवर्तन

स्थानीयतहको निर्वाचनमा पार्टीभन्दा व्यक्ति विशेषको प्रभावले अह्म भूमिका निर्वाह गर्छन् । यस्तो अवस्थामा गठबन्धनका कारण टिकटबाट बञ्चित भएका कतिपय व्यक्तिले दल परिवर्तन गरेर वा स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसरी, दल परिवर्तनबाट कुन दललाई फाईदा वा नोक्सान भएको सम्बन्धमा निर्वाचनको परिणामबाट स्पष्ट हुन्छ । खासगरी, मधेश प्रदेशमा माओवादी केन्द्र, जनमत पार्टी र एमाले पार्टी अन्य दलको तुलनामा उम्मेद्वार बन्न खोज्नेको सङ्ख्या अत्यधिक रहेको देखिन्छ । ति पार्टीहरुबाट नवप्रवेशीमध्ये अधिकांसले मेयर, उपमेयर र वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । चुनाव जित्ने रणनीतिको आधारमा गरिएका गठबन्धन कति सफल रह्यो कि रहेन भन्ने निर्वाचनको परिणामबाट स्पष्ट हुनेछ । स्थानीयतहको गठबन्धनको परिणाम सन्तोषजनक रह्यो भने आउँदो प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचन गठबन्धनको राजनीतिले प्रश्रय पाउनेछन् । यतिखेर, मुख्य दलहरुले गठबन्धनको राजनीतिलाई परीक्षणको रुपमा लिएको देखिन्छ । यो परीक्षण असफल भएको खण्डमा आउँदो दुई तहको निर्वाचनमा गठबन्धन नहुन पनि सक्छ । सर्वसाधारण जनताले पाँच बर्ष स्थानीयतहलाई धेरै नजिकबाट हेरेका छन् । २०७४ सालको निर्वाचनमा जितेका पदाधिकारीले सन्तोषजनक ढङ्गले काम नगरेका त्यस्ता व्यक्ति पुनः उम्मेद्वार बनेको छ भने यसपल्ट, मतदाताले सबक सिकाउने सम्भावनापनि देखिन्छ । यस्तो भयो भने चुनावी परिणामबाट दलका शीर्ष नेताहरुमा एउटा चेतावनीसहितको सन्देशपनि प्रवाह हुनेछ । उम्मेद्वार बनाउँदा स्वच्छ छविका व्यक्तिलाई उम्मेद्वार बनाउने नत्र आफ्नै पार्टीका कार्यकर्ताले त्यस्ता उम्मेद्वारलाई मतदाताबाट तिरस्कृत गर्नेछ भनेर सन्देश प्रवाह हुनेछ । यद्यपि, अहिलेपनि खासगरी कतिपय ठाउँमा जातपात, धर्मलगायतका विषयलाई आधार बनाउर मतदान गर्छन् । हुन त जनता अव धेरै सचेत भइसकेका छन् । जातपातबाट माथि उठेर राम्रा व्यक्तिलाई निर्वाचित गर्नुपर्छ भन्ने विचारको प्रभाव बढेको देखिन्छ । २०७४को निर्वाचनमा केपि ओलीको राष्ट्रवादी लहर थियो भने मधेशमा मधेशकेन्द्रीत दलको लहरको थियो । यसपल्ट,को निर्वाचनमा खासै कुनै दलको पक्षमा लहर छैन् । तर, यसपल्ट, दल परिवर्तनको लहर देखिएको छ । खासगरी, मधेश प्रदेशमा दल परिवर्तन गर्नेहरुको सङ्ख्या अन्य प्रदेशको तुलनामा अलि बढी नै देखिएको छ । कतिपय, व्यक्ति मेयर पदको उम्मेद् वार बन्न नपाएपछि धमाधम दल परिवर्तन गरेर अन्य दलबाट वा स्वतन्त्र उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराएका छन् । खासगरी, मधेश प्रदेशमा प्रायः सवै दलमा प्रवेश गर्ने र परित्यागगर्ने राजनीतिक खेल भएको देखिन्छ । सो पार्टीका कतिपय मेयर पदका दावेदार एक दल छोडेर अर्को दलमा प्रवेश गरेका छन् । कतिपय व्यक्ति आपूmलाई स्वतन्त्र उम्मेद्वारको रुपमा आपूmलाई अघि सारेका छन् । यसैबीच, राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादवले पार्टी परित्याग गरी माओवादी केन्द्रबाट उम्मेद्वार बनेका छन् । जसपाले उहाँको ठाउँमा भिमराज यादवलाई मेयर पदका लागि उम्मेद्वार बनाएपछि निवर्तमान मेयर यादव असन्तुष्ट भएका हुन् । राजविराज नगरपालिका उपेन्द्र यादवको निर्वाचन क्षेत्र भित्र पर्दछ । यसअघि, विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जसपा त्यागेर एमालेबाट उम्मेद्वार बनेका छन् भने एमाले परित्याग गरी राजेशमान सिँह जसपाबाट उम्मेद्वार बनेका छन् । यस्ता दल परिवर्तनका घटना यसपल्ट व्यापक रुपमा भएको देखिन्छ । त्यस्तै, मधेश प्रदेशअन्तर्गतकैं २०७४ सालको निर्वाचनमा हनुमाननगर कंकालिनी नगरपालिकाकाबाट मेयरमा उठेर पराजित भएका जसपा पार्टीका वीरेन्द्र माझीले पुनः टिकट नपाएपछि जनमत पार्टीमा प्रवेश गरेका छन् । उनले जनमत पार्टीबाट मनोनयन दर्ता गरेका हुन् ।

निर्वाचनमा परिवारवाद

भरतपुर महानगरपालिकाका मेयर पदमा पुनः प्रचण्डपुत्री रेणु दाहालको उम्मेद्वारी परेको छ । काँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिँहले आफ् नी श्रीमतीलाई सिर्जना सिँहलाई काठमाडौंको मेयर पदमा उम्मेद्वार बनाएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवको छोरा अमरेन्द्र यादव विराटनगरबाट उपमेयरमा, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दाजु महेन्द्र महतोलाई सर्लाहीको चन्द्रनगर गाउपालिकाको अध्यक्ष पदमा र मधेशप्रदेशमा मुख्यमन्त्री लालबावु राउतले आफ्नी श्रीमती जुलेखा खातूनलाई पर्सा जगरनाथपुर गाउपालिकाको उपाध्यक्ष पदको लागि उम्मेद्वार बनाएका छन् । पार्टीमा बर्षौदेखि लगानी गरेका कार्यकर्ताहरु पारवारिक राजनीतिको मारमा परेको देखिन्छ । ‘अस्तु’ !

Comment


Related News

Latest News

Trending News