मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिकदिवस। धेरै जसो देशहरुमाश्रम दिवस भनेर पनि चिनिन्छ। प्राय मे दिवस तथामजदुर दिवस पनिभन्ने गरिन्छ।श्रमिकवर्गहरुको उत्सवहो जुनअन्तर्राष्ट्रिश्रम आन्दोलनद्वारा प्रवध्र्दित छ र हरेक बर्ष १ मे मा मनाइन्छ।यस दिनविश्वका ८० भन्दा बढी देशहरुमाआधिकारिक रुपमा सार्वजनिकविदा हुन्छ भने कतिपय देशहरुमा सामान्य रुपमा मनाइन्छ।नेपालमा सन १९६३ देखि नै अन्तर्राष्ट्रिय श्रमिकदिवस मनाइदै आएको भएपनिवि. सं.२०४६ बाट उद्योग तथाकलकारखानामाकाम गर्ने श्रमिककालागिमात्र यस दिन सार्वजनिकविदादिनथालियो।२०६४ साल बाट सरकारी निकायमाकार्यरत कर्मचारीलगायत सबैका लागिआधिकारिक रुपमा सार्वजनिकविदादिनथलिएको छ।विश्वका धेरै देशहरुमायहीदिनलाई आधिकारिक मजदुर दिवसको रुपमा मनाइन्छ भने केही देशहरुमाबसन्तऋतुको पर्व भनेर मे दिवसको रुपमा मनाइन्छ।
त्यस्तै अमेरिका लगायतका केही देशहरुमामजदुर दिवस अर्कै दिनमा मनाइन्छ। १९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोप र अमेरिकाकाउद्योगपतीहरुले दैनिक १५ घण्टासम्म काम गराउने र न्यूनपारिश्रमिकदिएर श्रम शोषण गर्ने गर्दथे। त्यसका विरुद्ध त्याहाँकामजदुरहरुले १ मे १८८६ का दिन समानता, उपयुक्तपारिश्रमिक, विदा सुविधा र श्रम वातावरणको लागिएकीकृत हुने उद्धोषका साथ ८ घणटा काम, ८घण्टा आराम र ८ घण्टा मनोरञ्जनको २४ घण्टाको समय विभाजनको माग गरे।अमेरिकाको सिकागोमायहिमागहरु सहितश्रमिकहरुले शान्तिपुर्ण प्रदर्शन सुरु गरे।मजदुरको माँग पुरा नगर्ने निर्णय तत्कालिण अमेरिकी सरकारको थियो।पुँजीपतिहरुको पक्षमा अमेरिकी सरकारले मे ३ को दिननिशस्त्र मजदुरहरुमाथिगोलीचलायो। प्रहरीको गोलीबाट ६ जनामजदुरहरु मारिए भने ५० भन्दा बढी मजदुरहरु घाइते भए। मे ४ को दिनमजदुरहरुले हत्याकाणडको विरुद्ध विरोधसभा गरे।सो विरोधसभाकुनै अज्ञात व्यक्तिले बम फालिदिए र बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनिप्रहरीले दमनगर्यो। दोहरो झडपमा केहीश्रमिकहरु र केहीप्रहरीहरु पनिमारिए। त्यसपछि ठूलो संख्यामाआन्दोलनकारीहरुको धरपकड भयो। पक्रिएकाहरु मध्ये मजदुर नेताहरु पार्सन, स्पाइस र एंगेल्स लगायतलाई सन् १८८७मा मृत्युदण्ड दिइयो भने अरुलाई जेल सँजायगरियो। त्यो गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततस् अमेरिकी सरकार झुक्नबाध्यभएको थियो। २० अगष्ट १८६६ सालमाबाल्टीमोरमा भेलाभएका ६० जनामजदुरले सर्वप्रथम ८ घण्टा कामको माँग राख्दै नेसनल लेवर युनियननामको एक सङ्गठनको निर्माण गरेका थिए।सन् १८८९ माफ्रान्सको पेरिसमा सम्पन्नभएको विश्वश्रम संगठन र श्रमिक नेताहरुको बैठकले सन् १८९० को मे १ देखि हरेक वर्ष ू अन्तर्राष्ट्रिय श्रमिकदिवसू मनाउने निर्णय गर्यो। त्यसबेला देखिनै मे १ को दिनलाई ूमे दिवसू का रुपमा चिनिन्छ।सन् १९१९ अप्रिल ११ माअन्तर्राष्ट्रिय श्रम संगठनको स्थापनाभयो । आइएलओले आफ् नो स्थापनाकालदेखि नै श्रमिकहरुको हकअधिकारका लागिकामगर्दै आएको छ।
नेपाल सन् १९६६ देखि नै औपचारिक रुपमाआइएलओसँग आबद्ध छ। नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमाश्रम बहसको इतिहास त्यति लामो छैन्।नेपालमा २००३ सालदेखि ट्रेड युनियनआन्दोलनको थालनीभएको र २०२० सालदेखि मे दिवस मनाउनथिलिएको पाइन्छ। तत्कालीन समयमा नेपालीश्रमिकहरुले खुला रुपमाश्रमिकदिवस मनाउनपाएकाथिएनन्।मे दिवसमाआमश्रमिकहरुलाई परिचालन गरेर ठूलो उत्सवको रुपमाश्रमिककाअधिकारबारे छलफल र अन्तरक्रियालगायतकाकार्यक्रमहरु गरेर भव्यताका साथमनाउनु पर्ने हो। तर मे दिवसको महत्वलाई ट्रेड युनियनहरुकातर्फबाट आमश्रमिकसम्मपुर्याउननसक्दा मे दिवसको कार्यक्रमऔपचारिकतामामात्रसिमितहुने गरेको छ। श्रमिकहरु घरमै आरामगर्ने र मनोरञ्जनात्मककार्यमाअभ्यस्तहुने गरेका छन्।असंगठित क्षेत्रकाश्रमिकहरुलाई मे दिवसको बारेमाझन केहीथाह छैन। उनीहरु श्रम अधिकारको बारेमाखासै जानकार छैनन् र मे दिवस आएगएको पनिखासै मेसो पाउदैनन्। नेपालमाअहिलेसम्म भएका सबै राजनीतिकआन्दोलनमा ट्रेड युनियनको भुमिका रहँदै आएको छ र हरेक परिवर्तनहरुमा ट्रेड युनियनको योगदान रहेको छ । नेपालको संविधान २०७२ को धारा ३३ माप्रत्येक नागरिकलाई रोजगारीको हक र रोजगारीको छनौट गर्न पाउने हकहुनेछ भनेर उल्लेख गरेको छ।त्यसतै धारा ३४ माप्रत्येक श्रमिकलाई उचितश्रम अभ्यासको हकहुनेछ भनेर उल्लेख गरेको छ। श्रमिकभन्नाले पारिश्रमिकलिई रोजगारदाताकालागिशारीरिक वाबौद्धिक कार्य गर्ने कामदार वामजदुर सम्झनु पर्छ भनेर संविधानले नै परिभाषित गरेको छ।साथसाथै प्रत्येक श्रमिकलाई उचितपारिश्रमिक, सुविधातथा योगदानमाआधारित सामाजिक सुरक्षाको हक र कानूनबमोजिम ट्रेड युनियनखोल्ने, त्यसमा सहभागीहुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकपनि संविधानले दिएको छ।
नेपालको संविधान २०७२ को धारा ५१ माश्रम र रोजगार सम्बन्धीनीतिको व्यवस्थागरिएको छ।सो नीतिमा सबैले काम गर्न पाउने अवस्था सुनिश्चितगर्दै देशको मुख्य सामाजिकआर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई दक्ष, व्यवसायिकबनाउने र स्वदेशमानै रोजगारी अभिबृद्धि गर्ने तथा मर्यादितश्रम सबै श्रम शोषणको अन्त्य गर्ने लगायत वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमाउत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने लक्ष्यलिईएको छ। संविधानको धारा १७माश्रमप्रतिअवहेलना गर्न नहुने , धारा १८ को उपधारा ९४० मा समानकामकालागि लैंगिकआधारमापारिश्रमिकतथा सामाजिक सुरक्षामा गर्न नहुने , धारा १९ को उपधारा ९१० माश्रमप्रतिअवहेलना, जातिय छुवाछुत, एवम् लैंगिक भेदभावहुने सञ्चार गर्न नहुने , धारा ४२ मा सामाजिकन्यायको अधिकार हुने, धारा ५० को उपधारा ९२० मा सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्यएवम्श्रमको सम्मानउद्यमशिलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिकमूल्यहरुको विकास गर्ने आदिश्रम तथा रोजगार क्षेत्रसंग सान्दर्भिक विषयहरु उल्लेख गरिएका छन्।हाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले श्रमिकको हकअधिकार प्रवद्र्धनकालागिकामगर्दै आएको छ। यस मन्त्रालयअन्तर्गत विभिन्नविभागको गठन र कानुनतथानीतिनिर्माण गरिएको छ।रोजगार र श्रम सम्बन्धीनितिपनि ल्याएको छ।
श्रमिकको हक, हितर सुविधाको व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार तथाकर्तव्यको स्पष्ट व्यवस्था गरी असलश्रम सम्बन्धको विकास गर्न, श्रम शोषणको सबै अवस्थालाई अन्त्य गर्न श्रम ऐन २०७४ र श्रम नियमावली २०७४ लागु गरिएको छ। प्रतिष्ठान र प्रतिष्ठानबाहिर विभिन्नउद्योग, व्यापार, व्यावसायवा सेवामाकाम गर्ने कामदार तथा स्वरोजगार गर्ने व्यक्तिहरुको व्यवसायिकतथा पेशागतहकहितलाई संरक्षण र सम्वद्र्धन गर्नको लागि ट्रेड युनियनको दर्ता, सञ्चालन र त्यससम्बन्धीअन्यआवश्यकव्यवस्था गर्न ट्रेड युनियन ऐन २०४९ र ट्रेड युनियननियमावली २०५० लागु गरिएको छ।त्यसतै निजामती सेवा ऐन २०४९ ले पनि ट्रेड युनियनको अधिकारलाई कानुनी रुपमाथप संस्थागत गरेको छ। कर्मचारीहरुको पेसागतहकहित र सुरक्षाकालागिआधिकारिक ट्रेड युनियन खडा गरिएको छ । आइएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ।श्रमिकको न्युनतमपारिश्रमिक समेत सरकारले नै तोकिदिने गरेका छन्। प्रत्येकवर्ष मे १ मामजदुर दिवस मनाई रहँदामजदुरको पेसागतहकहित र उनीहरुको जीवनस्तर उकास्ने खालको निश्चित योजना ल्याउन सकेका छैनन् , ट्रेड युनियनले। दलैपिच्छे खोलिएकामजदुर संगठनहरु दलगत स्वार्थमा केन्द्रितहुने र मजदुर नेताकहलिएकाहरु अवसरवादीभई दिदाँमजदुरहरुको वास्तविक मुद्दाहरु उठनै सकेका छैनन् , अनि कसरी सामाधानहोस् श्रमिकका समस्या।
त्यहीभएर वास्तविकश्रमिकको अवस्थामा सुधार हुन सकेका छैनन् र उनीहरुको अवस्थाअहिले पनिदयनीय नै छ। नेपालको संविधान २०७२ ले श्रम र रोजगारलाई व्यवस्थितबनाउनयतिको अधिकार दिदाँ र कार्यवन्यन गर्न नीति र कानुन ल्याएपनि यस क्षेत्रमा सोँचे जस्तो सुधार हुन सकेको छैन्। स्वदेशमै रोजगारी सिर्जना हुननसक्दा र लगानी सुरक्षितनहुँदा खाडीको ५२ डिग्रीसम्मको तापक्रममाज्यानै जोखिममा राखेर श्रम गर्न बाद्य्य छन् , नेपालीश्रमिकहरु। दैनिकदुई हजारको हाराहारीमा नेपालीयुवाहरु श्रम गर्न त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट उडने र सोही विमानस्थलबाट तिनीहरु मध्येकै दैनिकजसो २ देखि ३ वटा शवभित्रिने गरेको तथ्यले नेपालको श्रमिक र रोजगारीको अवस्थाको ब्यानगरिरहेको छ। यता स्वदेशमै रोजगारी पाएकाश्रमिकहरुको अवस्थापनि राम्रो छैन्। विभिन्न संघसंस्था, निजीफर्म, निजीवित्तिय संस्था, होटल, पसलमाकाम गर्ने श्रमिकहरु र घरायसीकाम गर्नेहरुमाजतिखेर पनिकामबिहिनहुन सक्ने त्रास रहिरहेको हुन्छ । यिनीहरुमध्ये थोरैले मात्रउचितपारिश्रमिकपाई राखेका छन्। धेरैजसोले गुजार चलाउनै हरेक पापड बेल्नु पर्ने अवस्था छ। रोजगारदाताबाट ठगिएकाहरु पनि त्यतिकै छन्। रोजगारदाता र श्रमिक एक अर्काको अवश्यकताहो , यो तथ्यदुवै पक्षले बूझ्न अत्यन्त जरुरी छ। श्रमिक र रोजगारदाताबिच सुमधुर सम्बन्धहुन जरुरी छ। यो उद्योग र श्रमिकको विकासको लागिपनि जरुरी छ।
श्रमिकएकताबिनाश्रमिकको समस्याहलहुने कुरा सोच्नै हुदैन्। अबको आवश्यकताश्रमिकएकता, एकल ट्रेड युनियनआन्दोलन , श्रमिक र रोजगारदाताबिचको सुमधुर सम्बन्ध नै हो।सबै प्रकारका श्रमिकलाई श्रम दिवसको शुभकामना साथसाथै हरेक श्रम दिवस हरेक श्रमिक र हरेक रोजगारदाता समेतकालागि अर्थपूर्ण बन्न सकोस भन्ने कामना छ।