अपडेट 
२०७९ बैशाख १८, आईतवार १२:३४

भारतीय महावाणिज्य दूतावास वीरगंजले ओपन हाउस फर कन्सुलर गुनासो कार्यक्रमको आयोजना गरेको छ । आजादीका अमृत महोत्सव अन्तर्गत महावाणिज्य दूतावासको कार्यालय वीरगंजले अप्रिल ३० शनिबारका दिन सो कार्यक्रमको आयोजना गरेको हो ।

महावाणिज्य दूतावासले आफ्नै कार्यालयको परिसरमा आयोजना गरेको ओपन हाउस फर कन्सुलर गुनासो कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भारतीय पीडित नागरिकहरुको गैरकानसुलर गुनासोहरुको समाधान गरिएको थियो ।

कार्यक्रममा विभिन्न उद्योग तथा कम्पनीहरुमा काम गरिरहेका भारतीय नागरिकहरुले आ–आफ्नो गुनासोहरु राखेका थिए भने उक्त गुनासोहरुको समाधान गरिएको थियो ।

गुनासो राख्नेहरुमा ग्ल्यामर डेकर हब, चितवन, डाबर नेपाल, ब्रिटानिया, शिव शक्ति, इन्द्रेणी इन्टेरियर्स प्रालि, चितवन र राजन ट्रेड सप्लायर्स, वीरगन्जमा काम गर्ने धेरै भारतीयहरूको गुनासो सम्बोधन गरिएको थियो । गुनासोहरू मुख्यतया दर्तासँग सम्बन्धित रहेका थिए । यसैगरी यो कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने भारतीय महावाणिज्य दूतावासको कार्यालय वीरगंजले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News