२०७९ बैशाख १८, आईतवार १९:००

निर्वाचन आयोगले निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुनै पनि सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको भन्दै गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा निर्वाचनलाई प्रत्यक्ष असर सामाग्री पोष्ट नगर्न चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने जानकारी दिनुभयो । आयोगले निर्वाचनलाई प्रभावित पार्नेगरी सिमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रशारण माध्यमबाट कुनै सामग्री प्रसारण हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

राजनीतिक दल र उम्मेदवारले आफ्नो प्रचार प्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा जानकारी गराउन भनिएको उहाले बताउनुभयो । त्यस्तै सञ्चारमाध्यमलाई मिथ्या समाचारमा संलग्न हुन नदिनका लागि आवश्यक कदम चाल्न प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघलाई निर्देशन दिएको उहाले बताउनुभयो ।

त्यस्तै निर्वाचन आचारसंहिता, २०७८ मा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानको बारेमा सामाजिक सञ्जालका कार्यालयलाई ती देशमा रहेका नेपाली राजदूतावास मार्फत जानकारी गराइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News