गौर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आसन्न चुनावको प्रचार प्रसारका लागि गृह जिल्ला रौतहट पुगेका छन् ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसार तथा उम्मेदवारलाई उत्साहित गर्ने उद्देश्यले उनी गृह जिल्ला आइपुगेका छन् । अध्यक्ष नेपाल आइतबार जिल्लाको चन्द्रपुर नगरपालिका– ८ वसन्तपुर क्षेत्रमा पुगेर घरदैलो कार्यक्रममा समेत सहभागी भएका छन् । स्थानीय निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट चन्द्रपुर नगरपालिकाको मेयर पदका लागि बाबुराम दाहालले उम्मेदवारी दिएका छन् । पार्टीको घर दैलो कार्यक्रममा उम्मेदवारको समर्थनमा अध्यक्ष नेपाल वसन्तपुर क्षेत्रका स्थानीयवासीसँग छलफल समेत गरेका छन् । गुणस्तरीय शिक्षा र विकास ल्याउन सबैले यस पटक कलम चिन्हमा मतदान गर्न उनले आग्रह गरे । अहिले आफू देशव्यापी भ्रमणमा लागेको बताउँदै उनले सुरुवात मैले आफ्नै गृह जिल्ला रौतहटबाट गरेको जानकारी दिए ।

