२०७९ बैशाख १९, सोमबार ०७:४८

वीरगञ्ज । पर्सा प्रहरीले मालवाहक ट्रकबाट लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो । मकवानपुरबाट पर्साको भेगतर्फ जाँदै गरेको ना ३ ख ६३८४ नम्बरको मिनी ट्रक , वीरगन्ज महानगरपालिका–३० लालपर्सा नजिकै प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकबाट अवैध लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चेकजाँचको क्रममा दुईवटा बोराभित्र लुकाएर राखिएको ६ पोकामा रहेको ५३ किलो गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाँजा र मिनी ट्रकसंगै चालक मकवानपुरको हेटौडा ११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र सहचालक हेटौडा ४ का राज भुलनलाई पक्राउ गरिएको प्रवक्ता खनालले जानकारी दिए । खनालका अनुसार मकवानपुरको ग्रामीण भेगबाट ल्याइएको गाँजा, पर्साको ग्रामीण भेगका नाका हुँदै भारत तस्करी गरेर लैजाने क्रममा प्रहरीले बरामद गरेको अनुसन्धानमा खुलेको छ ।

Comment


Related News

Latest News

Trending News