जनकपुरधाम । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ जनकपुरधाम सहित देशको विभिन्न ठाउँमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा मे १ मा विश्वभरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । श्रमिक दिवसको अवसरमा यसपटक पनि विभिन्न दल निकट मजदुर संगठनहरुले भव्य कार्यक्रमहरु आयोजना गरेका छन् । सो क्रममा जनकपुरधाम स्थित श्रम रोजगारको कार्यालयका कर्मचारीहरुले ¥याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् ।