२०७९ बैशाख १९, सोमबार ०७:५४

कलैया । नेपाली कांग्रेसका जिल्ला सभापति एवम पांच दलीय गठबन्धनकातर्फबाट कलैया उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशराय यादवले पाँच दलीय गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।

कलैया उपमहानगरपालिका–२० बसतपुरमा गठबन्धनको आइतबार आयोजित चुनावी सभामा मेयरका उम्मेदवार यादवले तानाशाही प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनको आवश्यकता भएकोमा जोड दिए । लोकतन्त्रलाई मजबुत गर्न, विधिको शासन कायम गराउन,भष्टाचारलाई नियन्त्रण गर्नका लागि नेपाली कांग्रेस लागि परेको बताउँदै नगरमा सुलभ शिक्षा, स्वच्छ खानेपानीको व्यवस्था, बाटोघाटो, स्मार्ट सिटी खेलकुद मैदान, ठाउं ठाउंमा पार्क, पुल पुलेसा, मठ मस्जिद, निर्माण, हरिया भरिया उपमहानगर बनाउनका लागि वृहत् योजना सहित वृक्षरोपण लगायतका काममा अग्रसर भइ अगाडि बढने प्रतिवद्धता ब्यतm गरेका थिए । सोही कार्यक्रममा पूर्व संविधान सभाका सदस्य एवम गठबन्धनकातर्फबाट जसपाका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले केपी ओलीको खोक्रो राष्ट्रवादको नाराले मुलुक वर्वादीतर्फ उन्मुख भएको आरोप लगाए । त्यसैले झुटको खेती गर्ने ओलीतन्त्रको अन्त्य नभएसम्म मुलुकमा दिगो शान्ति, सुशासन, कायम नहुने बताउँदै उपप्रमुख गुप्ताले प्रतिगमनलाई परास्त गर्नका लागि पनि गठबन्धनलाई जिताउन सबैलाई आग्रहसमेत गरे ।

लोकतान्त्रिक मूल्य मान्यता समेतलाई खिल्ली उडाउँदै केपी आलीको सरकारले राज्यलाई बिनाश तर्फ धकल्ने काममा मात्रमा लागेको कारण मुलुकको अवस्था दिनानुदिन कमजोर हुँदै गएको स्मरण गराए । चुनावी सभामा पूर्व सहायक मन्त्री कलावती पासवान, मधेश प्रदेशका प्रदेश साँसद पारस साह, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साह, जसपाका अध्यक्ष शिवनाथ पटेल, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश यादव, कांग्रेस नेता तेजनारायण साहले गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News