जनकपुरधाम । जनकपुर विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीहरु निर्वाचनमा खटिने भएकोले विमानस्थलको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । आईतबारदेखि विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिएको छ । विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा तिनीहरु खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने जनकपुर विमान स्थलका प्रमुख योगेन्द्र कुँवरले बताए । अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमानस्थलमा शरीर जाँचका लागि महिलाका लागि महिला प्रहरी र पुरुषका लागि पुरुष प्रहरी खटेका छन् ।