२०७९ बैशाख २०, मंगलवार ०७:१८

कलैया । नेपाली कांग्रेस मधेश प्रदेशका सहमहामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन् ।

टिकट वितरणमा पार्टीका सभापति कृष्णप्रसाद यादव र उपसभापति चन्द्रशेखर यादवले समेत आर्थिक चलखेलको अधारमा पार्टीको बिधि र विधान समेतलाई खिल्ली उडाउँदै टिकट वितरण गरेकोले यादवले पदबाट राजीनामा दिएका हुन् । पार्टीको विधान, वडा, पालिका, क्षेत्र तथा जिल्लाको सिफारिस एवम निर्णय विपरीत टिकट वितरणमा धाँधली गरेको सहमहामन्त्री यादवले आरोप लगाए । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाए । व्यतिmका नाम सिफारिस समेत नभएको अवस्थामा अरु व्यतिmलाई टिकट वितरण कसरी भयो त्यसमा प्रश्न चिन्ह खडा हुनु स्वाभाविक रहेको यादवले थपे । त्यत्ति मात्र नभइ कार्यकताहरुको मनोभवना नबुझी चरमगुटबन्दी, धाँधलीपूर्ण तरिकाबाट भागबण्डाको नाममा जिल्ला सभापतिलाई टिकट नबुझाई पालिका, प्रदेश, क्षेत्र , जिल्ला समेतलाई पाखा लगाई आफू खुसी टिकट वितरण गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री यादवले जानकारी दिए । पचरौता नगरपालिकाको टिकट मणिभुषन यादवलाई दिने कुनै सहमति नभएपनि कसरी यादवलाई टिकट दिइयो भन्ने प्रश्न समेत उनले तेर्साए ।

विवाद भएपछि पार्टीका सभापति यादवले ३ दिन सम्म मोबाईल स्वीच अफ गर्नुले पनि हामीलाई गम्भिर शंका उब्जाएको बताए । राजिनामाको बोधार्थ नेपाली कांग्रेसको केन्द्रीय समिति सानेपा ललितपुरलाई समेत जानकारी समेत उनले दिए । आफनो राजनैतिक जीवनमा कहिलेपनि पार्टीको निति, विधि , विधान विपरीत काम नगरेको स्मरण गराउँदै यादवले टिकट वितरणमा कुनै पनि अधार नबनाई हचुवाको भरमा टिकट वितरण गरी असल कार्यकर्ताहरुको उपेक्षा गरेको सहमहामन्त्री यादवको आरोप छ । यता यस सम्बन्धमा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेश संसदीय बोर्डमा स्वयम् जयनारायण रहेको र उनीहरुसंगको सल्लाहमा नै टिकट वितरण गरिएको बताए । यता नेपाली काँग्रेस मधेस प्रदेशको उपसभापति चन्द्रशेखर कुमार यादवले सहमहामन्त्री यादव र नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवसंगको सल्लाहमा उनीहरुकै रोहबरमा बर्दिवासको गुन्जन होटेलमा फेटा, सुवर्ण, देवताल, प्रसौनी, कलैया उपमहानगरपालिको टिकट प्रदान गरेको दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News