अपडेट 
२०७९ बैशाख २०, मंगलवार ०७:२७

जनकपुरधाम । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मधेशवादी दलको घोषणापत्रले अन्य दल त्रसित भएको छ ।

घोषणापत्रले आम सर्वसाधारण जनतामा आशाको सञ्चार भएको छ । २०६२/०६३ को मधेश आन्दोलन पछि उदय भएको मधेशवादी दलहरुले कांग्रेसको गढ भनिएको मधेशमा आफ्नो अग्रता कायम गरेको छ । मधेश आन्दोलनपछि कतेकौं पटक मधेशवादी दलहरुमा विभाजन भए पनि मधेशका जनताले पहिचान, स्वभिमान मधेशवादी दलहरुमा अनुभूति गरेपछि देखिएको झुकावले कांग्रेसको ग्राफ खस्केको थियो । एमाले र माओवादी केन्द्रको अवस्था पनि त्यस्तै छ । हुनत ती दलहरुले विभिन्न निर्वाचन र आमसभाहरुमा मधेशप्रतिको सहानुभूति बटुलिने प्रयास गरे पनि विगतमा ती पार्टीहरुले गरेको क्रियाकलाप भने मधेशका जनता विर्सन सक्ने अवस्थामा छैन् । पटक पटक मधेशका जनतासंग गरेको वार्ता र संवाद यहाँवाट जाने वितिकै उपेक्षा गर्ने प्रवृत्तिले समेत ती दलहरुको मधेशमा शाख गुम्दै गएको हो । मधेशवादी दलहरु कतेकौ पटक फुटे पनि जनताको झुकाव भने मधेशी दलमाथिनै देखिएको छ । हुनत ती दलका नेताहरुले पनि आपूmहरु मधेशी रहेको र मधेशी भनेर नै मत माग्ने गरेका छन् तर उनीहरुप्रति आमजनताले विश्वास गर्ने बातावरण भने बन्न सकेको छैन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भर्खरै सार्वजनिक गरेको घोषणापत्रमा समेत ती दलहरुवाट पृथक तरिकाले जनताको भावनालाई समेटिएको छ ।

मधेश केन्द्रित दल पनि आ–आफ्नो एजेण्डा, घोषणापत्रका साथ चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आ–आफ्नो चुनावी घोषणापत्र जारी गरिसकेका छन् । लोसपाले आफ्नो घोषणापत्रमा हरेक पालिकामा कम्तीमा दुईवटा वारुणयन्त्र व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि लोसपाले स्थानीय तहको नेतृत्व नगरेको होइन तर एउटा पनि स्थानीय तहमा वारुणयन्त्र खरिद गर्न सकेको छैन । यसपटक घोषणापत्रमै उल्लेख गरेर उसले हरेक पालिकामा कम्तीमा दुईटा वारुणयन्त्र व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । लोसपाले हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटु सेवा र आपतकालीन सेवासहितको कम्तीमा २५ शय्याको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । तर सबै स्थानीय तहमा यसको व्यवस्थापनका लागि बजेटले धान्न सक्छ त भन्ने प्रश्न समेत उत्पन्न गरेको छ । त्यतिमात्र होइन, हरेक वडामा दुईटा एम्बुलेन्स राख्ने प्रतिबद्धता पनि लोसपाले जनाएको छ । मधेस प्रदेशमा मात्र एक हजार २७१ वडा छन् । प्रत्येक वडामा दुईटा एम्बुलेन्सका लागि कति बजेट चाहिन्छ र यो कति सम्भव होला भन्नेबारे लोसपा मौन छ । महिलाहरूलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, महिलाहरूका लागि सार्वजनिक यातायात पूर्ण निःशुल्क गर्ने प्रतिबद्धता पनि उसले जनाएको छ ।

२०७८ को जनगणना अनुसार मधेश प्रदेशमा मात्र ३० लाखभन्दा बढी महिला जनसंख्या छ । यस्तो अवस्थामा महिलालाई उच्च शिक्षा र सार्वजनिक यातायातको भाडा निःशुल्क गर्न कति सम्भव छ ? प्रश्न नउठेको होइन । अघिल्लो निर्वाचनमा तत्कालीन राजपा नेपाल (हाल लोसपा)ले दहेज (दाइजो) प्रथालाई निरूत्साहित गर्न कम्तीमा प्लस टु सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गर्ने उल्लेख गरेको थियो । त्यो घोषणा कहाँ कति लागु भयो भन्नेबारे सो पार्टीले केही उल्लेख गरेको छैन । अघिल्लो चुनावमा गरेका घोषणा कति कार्यान्वयन भयो वा के कारण कार्यान्वयन हुन सकेन भन्ने लेखाजोखा बिना नै अहिलेको चुनावमा त्यस्तै प्रकारका थप घोषणा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News