जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना बसेका मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहको धर्ना स्थगित भएको छ ।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित नमूना मतपत्रमा नेपाली कांग्रेसका बागी उम्मेदवार समेत रहेका साहले पाएको घण्टाघर चिन्ह अंकित नरहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना बसेका थिए । सोमबार मुख्य निर्वाचन अधिकृतसंग लिखित सहमति पछि साहले धर्ना स्थगित गरेको जनाएका छन् । वेबसाइटमा तर मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलसँग लिखित सम्झौता भएपछि उनी धर्ना अन्त्य गरेर घरदैलो कार्यक्रममा फर्केका छन् । आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृत प्याकुरेलले साँझसम्म आयोगको वेबसाइटमा चुनावचिन्ह सहितको अर्को नमूना मतपत्र अपलोड हुने लिखित प्रतिवद्धता जनाएपछि धर्ना स्थगन भएको छ । साहले नमुना मतपत्रमा आफूले पाएको चुनाव चिन्ह नरहेकाले मतदातासंग मत माग्नमा समस्या भएको भन्दै धर्नामा बसेका थिए । निर्वाचन आयोगको वेबसाइटमा अहिले मेयरका लागि स्वतन्त्र उम्मेदवारको १७ वटा चिन्ह मात्रै अपलोड रहेको जनाइएको छ । १७ वटा मात्रै चिन्ह रहे पनि जनकपुरधाम उपमहानगरपालिकामा मेयरका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।