अपडेट 
२०७९ बैशाख २०, मंगलवार १३:१५

गएको फागुनमा भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ त्यसयता भने घट्न थालेको छ । फागुन २५ गते सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । कोरोना भाइरसको जोखिमसँगै रुस र युक्रनेको युद्धका कारण सुनको भाउ बढेको थियो ।

केही दिनयता भने सुनको भाउ लगातारजसो घटिरहेको छ । हिजो साेमवार तोलामा आठ सय रुपैयाँले घटेको सुनको भाउ आज मङ्गलवार फेरि एक हजार रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपालमा पनि सस्तिएको हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजोजस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News