नेत्रहीन युवा संघ नेपाल बाराको आयोजनामा मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल अपांग संघ बाराको कार्यकक्षमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो । भोट हाल्न जाँदा सर्वसाधारणहरुले नजानेरै धेरै गल्ती हुन जाने हुँदा त्यस्तो गल्ती नहोस भनेर मतदाताहरुलाई सचेतना फैलाउन मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको नेत्रहीन युवा संघ नेपाल बारा शाखाका अध्यक्ष सुधिर चौधरीले बताए । कार्यक्रमको प्रमुख अतिथि नेपाल अपांग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाइँले निर्वाचनको समयमा दृष्टि वीहिनहरुलाई फलदायी हुने किसिमको कार्यक्रम राखेकाले आयोजकलाई धन्यवाद दिए । कार्यक्रममा गंगाप्रसाद वाग्ले,सुनिल यादव, अञ्जु धिताल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण चन्दा खतिवडा ,विकास अधिकारी र पुनम नेपालले गरेकी थिइन ।



