२०७९ बैशाख २१, बुधबार ०७:१८

स्थानीय तहको आसन्न निर्वाचन मिति नजिकिंदै जाँदा उम्मेदवारहरुले मतदाता फकाउन विभिन्न प्रकारको वाचा र आश्वासन बांड्ने गरेका छन् ।

सोही क्रममा बाराको सिम्रौनगढमा एक उम्मेदवारले फरक खालको चुनावी नारा घोषणा गरेर मतदाता फकाउन थालेका छन् । उनले अनौठो खाले चुनावी नारा दिएका छन् । अधिकांश उम्मेदवारहरुले विकासलाई प्राथमिकतामा राखेर नारा दिँदै आएको बेला बाराको सिम्रौनगढ नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गजेन्द्र प्रसाद कुशवाहाले आफूले चुनाव जिते पाँच वर्षको कार्यकालभरि नगरपालिकाले सैलुन सेवा (कपाल र दाढी काट्ने ) निःशुल्क गरिने घोषणा गरेका छन् । सिम्रौनगढ नगरपालिकामा नेकपा एसले मंगलबार आयोजना गरेको चुनावीसभामा उपमेयरका उम्मेदवार कुशवाहाले जितेपछि नगरवासीका लागि निःशुल्क सैुलन सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् । कुशवाहाले भने,‘यदि जनताले मलाइ उपमेयरमा जिताए भने आफ् नो पाँच वर्षको कार्यकालभरि सिम्रौनगढवासीकालागि निःशुल्क कपाल र दाढी काट्ने सेवा उपलब्ध गराउछँु’ घोषणा सुनेर कार्यक्रममा सहभागी स्थानीयले जोड् जोड्ले ताली पनि पिट्दै समर्थन जनाएका थिए ।

मंगलबारको कार्यक्रममा कुशवाहाको यो चुनावी नारा घोषणामा मात्र सीमित पनि रहेन, लगत्तै कुशवाहाले कार्यक्रमको मञ्चमा एक जना मतदातालाई बोलाएर हजामबाट दाह्री काट्न समेत लगाए । नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष रमेश कुमार पन्जालीको सक्रियतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बतहु यादव, स्थानीय नेता नवल किशोर पटेल, लक्ष्मी महतोले आ–आफ्नो धारणा राखेका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News