२०७९ बैशाख २१, बुधबार ०७:२१

अग्रवाल युवा मञ्च जनकपुरको गठन गरिएको छ ।

मंगलबार जनकपुरधाममा आयोजित युवाहरुको भेलाले चन्दन सुरेकाको अध्यक्षतामा मञ्चको गठन गरेको छ । भेलाबाट सर्वसम्मतिले गठित मञ्चको दश सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा अभिषेक अग्रवाललाई चयन गरिएको छ भने उपाध्यक्षमा आशीष सर्राफको चयन गरिएको छ । त्यस्तै समितिको महासचिवमा राहुल सिंघानिया, सचिवमा मुकुन्द मुरारका तथा कोषाध्यक्षमा विजय केजरीवाललाई चयन गरिएको मञ्चले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । समितिको कार्यकारिणी सदस्यहरुमा सुरज केडिया,अमन अग्रवाल,सुमित वर्मा,जितेन्द्र गोयनकासहितको रहेको जनाइएको छ । सामाजिक सेवालाई मुख्य उद्देश्य राखेर अग्रवाल युवा मञ्चको गठन भएको अध्यक्ष सुरेकाले बताए ।

अध्यक्षको पदभार ग्रहण गर्दै उनले भने,‘ यो मञ्च कुनै पनि एक समुदायका लागि नभइ हरेक समुदायका लागि सेवा गर्नको निम्ति गठन भएको हो।’

Comment


Related News

Latest News

Trending News