२०७९ बैशाख २१, बुधबार ०९:५१
निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ ।
आयोगले विभिन्न पदका १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो ।
यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

