रौतहट । पहिलो पटक निर्वाचित भएर पुनः दोस्रो पटक मेयर पदमा उम्मेदवारी दिएर मत माग्न जाने निवर्तमान मेयरहरुलाई आम नागरिकले गाउं–गाउंमा ५ बर्षे कार्यकालको हिसाब किताब खोज्न सुरु गरेका छन् ।
५ वर्षे अवधिमा देखिने खालका विकास निर्माणको कार्य नगरेका रौतहट जिल्लाको राजदेवी नगरपालिकाका पूर्व मेयर धीरेन्द्र कुमार सिंहलाई नगरपालिकाका जनताले सोधेको प्रश्नको जवाफ दिन धौधौ परेको छ । दोस्रो पटक नेपाली कांग्रेस पार्टीबाट नै मेयरमा उम्मेदवारी दिएका सिंह बुधबार घर दैलो कार्यक्रम अनुसार राजदेवी नगरपालिकाको वडा नम्बर १ पथरा टोलमा जाँदा युवाहरुले गाउँमा आफ्नो अवधिमा गरेको विकास तथा बजेटको खर्च बारे प्रश्न सोधे पछि जवाफ दिन नसकी त्यहाँबाट घरदैलो नगरिकनै फर्केका छन् । करोडौ रकम अनियमितता गरेको मेयरले जनताले उठाएको प्रश्नको जवाफ नदिकन फर्किदा समूहमा रहेका युवाहरुले मेयर सिंह विरुद्ध चर्को नाराबाजी समेत गरेको स्थानीय मदन यादवले जानकारी दिए । ठेक्कापट्टाको कार्य गर्दै नगरप्रमुखमा निर्वाचित भएका सिंहले आफ्नो छोरी ,भाईको नाउंमा राखेको निर्माण कम्पनीको नाउंमा शाह निर्माण सेवाको संचालक नागेन्द्र साहसंग मिलोमतो गरी करोडौको ठेक्का लिएर अनियमितता गरेको स्थानीयवासीहरुको आरोप छ ।
राजदेवी नगरपालिका–२ हजमिनियामा निर्वाचित हुनु अगावै डिभाइडरसहितको बाटो निर्माणको ठेक्का लिएका सिंहले आफ्नो अवधिभरिमा उक्त सडक निर्माण गर्न नसकेको स्थानीयहरुले गुनासो गरे । आफ्नो लाभ हुने उद्देश्यले पूर्व मेयर सिंहले खरिद गरेको ट्रीपर ४ , ग्रेडर १ ,रोलर मेशिन १ , जेसिवी मेशिन १ ठेकेदारीमा बढी प्रयोग गरेको र सो को रकम सार्वजनिक नगरेको स्थानीय राम नरेश यादवले बताए । हैंड पाइप जडानको नाउंमा रकम अनियमितता गर्ने मेयर सिंहले भारतीय सीमानादेखि चण्डिया सम्म ११ करोडको कालोपत्रे सडकमा कमिशन लिएर बजेट दुरुपयोग गरेको आरोप समेत स्थानीयवासीहरुले लगाएका छन् । ‘अनियमितता नगरेको भए युवाहरुले सोधेको प्रश्नको जवाफ दिनु पथ्र्यो तर उनी भागे जवाफ दिनै सकेनन्।’,स्थानीय युवाहरुले बताए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s


