२०७९ बैशाख २२, बिहीबार ०७:४९

कलैया । प्रसौनी गाउंपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिल गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले घोषणापत्र सार्वजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि , रोजगार र भौतिक पूर्वाधारमा जोड दिंदै यस क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । भष्ट्राचार मुतm पालिका बनाउनका लागि हेल्पडेक्स निर्माण गरी सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्नेका लागि व्यवस्था मिलाउने बताए । दलित जेहन्दार, गरिब गरी ५० जना विद्यार्थीहरुका लागि मासिक २ हजार प्रोत्साहन स्वरुप दिने, एक जना एमबिबिएस डाक्टर , १ जना ईन्जिनियर पढनका लागि बार्षिक रुपमा बजेट छुटयाई पढनका लागि सहयोग गर्ने, स्नातक पास गर्ने विद्यार्थीहरुलाई जागिर नलागे सम्म मासिक ३ हजारको दरले प्रोत्सहान भत्ता दिने, विवाह मण्डप, निर्माण वृद्धा आश्रम, अनाथालय निर्माण, ५ बर्षमा ५ सय जनालाई रोजगारको व्यवस्था गर्ने, १ सय यूनिट विद्युत खपत गर्नेहरुलाई ५० यूनिट विद्युत निःशुल्क दिने जस्ता योजनाहरु घोषनापत्रमा रहेको छ ।

त्यति मात्र नभई शिक्षा क्षेत्रमा ५०, स्वास्थ्य क्षेत्रमा २५, पर्यटन क्षेत्रमा २५, औद्योगिक सुरक्षा क्षेत्रमा २५, चालक तथा सहचालकमा २८ जना, सरसफाई क्षेत्रमा २५ जना गाउंपालिका प्रहरीमा ३५ जना विभिन्न उद्योगका श्रमिकको रुपमा १ सय जना र स्वरोजगार अन्तरगत सिलाई, कटाई, प्लम्बर, बिजुली मिस्त्री गरी १ सय ७२ जनालाई कम्तीमा रोजगारीको व्यवस्था गर्ने लक्ष्य रहेको गाउंपालिका अध्यक्षका उम्मेदवार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए । सो अवसरमा पालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरुका उम्म्ेदवार सहित नेपाली कांग्रेसका महासमिति सदस्य लुकेश सिंहको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News