अपडेट 
२०७९ बैशाख २२, बिहीबार ०८:०२

पाँच दलीय साझा गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले बुधबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र उप–प्रमुखका उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा सँस्कृति, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सूचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिब तथा भूमिहिन व्यवस्थापन, सहकारी तथा संघ–संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई बिशेष जोड दिइएको छ ।प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, नेपाली कांग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजु अधिकारीले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News